आज नेपालमा :

युरोपमा के पी को हास्यव्यंग्य कार्यक्रम -सोम नारायण थारु
[ Posted on 1st of February ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

नेकपा एमालेका नेता के पी ओली अहिले युरोपका बिभिन्न देशका आफ्ना कार्यकर्ता हरुलाई सम्बोधन गर्ने क्रम मा गत जनवरी ३१ तारिख आइतबारका दिन बेल्जियम स्थित आफ्ना कार्यकर्ता हरुलाई सम्बोधन गरे / एमाले नजिक एन डी एफ ( नेपाली लोकलान्त्रिक मंच ) नामक सस्था द्वारा आयोजित सो कार्यक्रमलाई शुरुमा बिशाल जनसभा भनिएको थियो तर सो दिन कार्यक्रमको नाम अन्तर्क्रिया कार्यक्रम भनेर ब्यानर मा लेखिएको थियो / सायद सहभागी कम हुने संकेत पाएर आयोजक ले नाम फेरेको हुन् सक्छ / कार्यक्रम मा १५० जना जतिको संख्या मा नेपाली हरु जम्मा भएका थिए , त्यस मध्ये आधा जति नेपाली कांग्रेस , माओबादी समर्धक र अन्य थिए / कार्यक्रममा बक्ता हरु धेरै जसो एन डी एफ संग सम्बन्धित बिभिन्न युरोपीय मुलुकका प्रतिनिधि हरु नै थिए / एन डी एफ का बक्ता हरु बाहेक सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति पुनर्गठित कमिटि का महासचिव कमल सिटौला र नेपाली जन प्रगतिशील मंच का अध्यक्ष बिष्णु भुजेल हुनुहुन्थ्यो / त्यस लगतै एन डी एफ का बिभिन्न बक्ता हरुले आफ्नो आगामी कार्यक्रम र योजना को बारेमा भन्नु भन्दा माओबादीलाई गालि गलौच र लोकतन्त्र को पाठ सिकाएको सुन्न पाइयो / प्राय एन डी एफ बक्ता हरु साथै एमाले धौलागिरी इन्चार्ज गणेश तिमिल्सिना ले माओबादी ले युध्द जितेको नभई हारेको भन्दै हारेको हुनाले यु एन को कन्टेनरमा माओबादीको हतियार खिया लागेर थन्किएको छ , माओबादीले युध्द जितेको भए आर्मीको ब्यारेकमा चम्केर बस्थ्यो भने र यस्ता किसिमका अभिव्यक्ति बाट अगाडी बढी रहेको शान्ति प्रक्रिया कहा पुग्छ भन्ने कुरा जिम्मेवार नेताहरुले भन्दै हिड्नु शान्ति प्रक्रिया लाइ बिथोल्नु बाहेक अरु के हुन् सक्छ / बक्ताहरुले भनिरहेका थिए , सबै समस्याको समाधान संबिधान सभा बाट हुनु पर्छ ,सडक बाट होइन तर राष्टपतिको बिषय मा माओबादीले सदनमा दर्ता गराएको कुरा ति बक्ताहरुले भुलिसकेका रहेछन / बक्ता हरुले भनि रहेका थिए निर्बाचन र बहुमत / उनीहरुले भुलिसकेका रहेछन एमालेले दुइ दुइ ठाउ बाट पराजित व्यक्तिलाइ प्रधानमन्त्री बनाएको छ / यो नै एमालेको सबै भन्दा असली र साचो लोकतन्त्र होला /

प्रमुख बक्ताको रुपमा केपी ओली ले आफ्नो मन्तब्य राख्ने क्रममा भूमिका बनाउदा माटो मा जीवन ,ढुंगा मा जीवन ,रुखमा जीवन ,पात मा जीवन जता ततै जीवनै जीवन बाट शुरु गरे / यो सुनी रहदा के पी ओली राजनीतिक बिचार दिन होइन तर भागवत गीताको प्रबचन दिन युरोप आए जस्तो लाग्यो / नेता ओलीको मन्तब्य सुनी रहदा सहभागी हरु ले खुब ध्यान दिएर सुनेका थिए / किनकि उनका ति गाउ खाने र दन्त्य कथा हरु निकै कौतुहल पूर्ण थिए / उनको त्यो कुरा सुन्दा लाग्यो तिनी त राजनीतिक कुरा होइन गाउ खाने कथा सुनाउन पो युरोप आएका रहेछन / साथ साथै उनको हास्य व्यंग्य पनि सहभागी हरुले निकै चासो दिएर सुनेका थिए र धित मर्ने गरि हासेका थिए , लाग्थ्यो कि कतै मदन कृष्ण र हरिबंश आचार्य अथवा मनोज गजुरेलले हसाइ रहेका छन् जे होस् उनको राजनीतिको कुरा भन्दा जोक्र्याई गर्ने क्षमता मदन कृष्ण र हरिबंश कै जतिकै चै रहेछ / यस पटक के पी दाइ आउदा धेरै सहभागी भएनन त्यसकारण अर्को चोटी के पी दाइ युरोप आउदा हास्य कलाकारको रुपमा आउदा अलि धेरै सहभागी हुन्न्थे कि ?



बेल्जियम

प्रतिक्रियाको लागि

som135@hotmail.com




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 12 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 552 पटक हेरेको Add to Google Share