आज नेपालमा :

के पि शर्मा वलीको युरोप दौडाहा र केही टिप्पणीहरु -विष्णु भुजेल
[ Posted on 3rd of February ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

प्रसंग यहि ३१ जनवरीमा नेकपा एमालेको भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च वेल्जियमले आयोजना गरेको एक अर्न्तर्रकृया कार्यक्रमको हो। कार्यक्रमको अघिल्लो दिन नेकपा एमाले वेल्जियम समितिका सचिवले नेपाली जनप्रगतिशील मन्च वेल्जियमका सचिव संग कुराकानी गर्दै कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमलाई आफ्ना अवधारणाहरु राख्न दिइने र आफ्ना पार्टर्ीी नेतृत्व लगाएतलाई मञ्चवाट एक अर्कालाई अनावस्यक लाञ्छाना नलगाउने,शान्ति सम्झौता विपरित कुराकानी नगर्ने जस्ता विषयमा सहमति भएकाले तपाईंहरुको हार्दिक उपस्थितिको लागि हामी अनुरोध गर्दछौं भनेका थिए ।अर्न्तर्रकृयामा सहभागीहुन नेपाली जनप्रगतिशील मञ्चका कार्यकर्ताहरुको हलमा वाक्लो उपस्थिति थियो ।।नेपाली जनप्रगतिशील मञ्च वेल्जियम नेपाली सामन्तवादी राज्यसत्ताको अन्त्यको लागि आफ्नो स्थापनाकालदेखिनै संर्घष्ारत संस्था हो र यसले विगतमा नेकपा माओवादीको नेतृत्वको जनयुद्धलाई यस्तो साम्राज्यवादी भुमीमा रहेर पनि र्समर्थन गरेको थियो र वर्तमानमा पनि नेपालको पर्ुनर्संरचनामा नेकपा माओवादीले अगाडि सारेका एजेन्डाहरुलाई यसले र्समर्थन र प्रचार प्रसार गर्दछ।यत्रो ओज वोकेको संगठनलाई आफ्नो अवधारणा राख्न आमन्त्रण गरी ३ मिनेटको समयको सीमा तोक्नुलाई सामान्य रुपमा लिन सकिन्न ।
एमालेकै वरिष्ठ नेता ओलीको उपस्थिति र कार्यक्रम उनीमा नै केन्द्रित भएपछि आफ्ना अन्य कार्यकर्ताको मन्तव्य कार्यक्रमलाई घर्टाई हलमा उपस्थित जनसमुदायसंग अर्न्तर्रकृया गर्ने वातावरण वनाउन आयोजकको ध्यान केन्द्रित हुनु पर्ने र आयोजकको ध्यान केन्द्रित हुन नसके पनि वरिष्ट नेताले वुdmेर निर्देशित गर्नुपर्नेमा करिव आधा दर्जन भन्दा वढि एमाले नेता कार्यकर्ताको मन्तव्यले हलमा उपस्थित सवैलाई निकै असजिलो वनाएको थियो ।यसले आयोजकको कुटील चाललाई सजिलै वुझ्न सकिन्थ्यो । कार्यक्रमलाई अर्न्तर्रकृयामा लैजाने कुरा केवल प्रचारात्मक मात्र थियो ।यसरी केपी ओलीको मन्तव्य सुन्ने र त्यसमाथि अर्न्तर्रकृया गर्ने कार्यलाई जतिसक्दो पछाडी धकेल्ने प्रयास स्पष्ट वुभिन्थ्यो ।त्यसका पछाडीका कारणतिर म जान चाहन्न। मन्तव्य दिने एमाले नेता तथा कार्यकर्ताहरु संग आफ्ना विचार भन्ने त केहि थिएन नै खाली नेकपा माओवादी र यसका कार्यकर्ताहरुलाई गाली गलौज गर्न भने लामो समय खर्चेका थिए ।
निकै लामो समयदेखि प्रतिक्षाका पात्र वनेका केपी ओलीको मन्तव्य सांझ ढिलो शुरु भयो र उनको मन्तव्यको शुरु देखि अन्त्य सम्ममा नयां त्यस्ता कुरा केहि पाइएन ।उनले आफ्नै पुरानो परम्परालाई दोहोर्याए ।एकिकृत नेकपा माओवादी प्रति निकै आक्रोश व्यक्त गरे। आक्रोस व्यक्त गर्ने क्रममा उनले आफ्नो दक्षिण पन्थि विचार ,नेपाली लोकतान्त्रिक गणतन्त्रको संस्थापनमा आफ्नो निकै प्रतिकृयावादी सोच र देशलाई द्धन्द्धमा धकेल्नलाई अत्यन्तै उत्तेजित वनाउने खालको आफ्नो शान्तिसम्झौता विपरित चरित्र सवै उदांगो पारे। समग्रमा उनले अत्यन्तै परम्परावादी सोचले लिप्त,नयां विचार र नयां सोचको अवलम्वन गर्न नसक्ने नेताको रुपमा प्रवासी नेपालीहरु वीच आफुलाइ उभ्याए।ओलीका अभिव्यक्तिका केहि प्रसंगहरुवारे यहां चर्चा गर्न सान्दर्भिक छ ।
आफुलाई वरिष्ठ वामपन्थि नेताको रुपमा पेश गर्दै मार्क्सवाद जडसुत्रहोइन विज्ञान हो त्यसैले हतियार वद्ध युद्ध सफल हुंदैन भन्दै उनले इन्डोनेसिया,क्याम्वोडिया ,पेरु सम्मको उदाहरण दिंदै नेपाली जनयुद्धलाई व्रि्रोह होइन द्रोह हो भन्न्न भ्याऐ ।सदियौं देखिको नेपाली सामन्तवादी उत्पादन सम्वन्धलाई र सामन्तवादी शोषण र उत्पिडनका आधारहरुलाई नेपाली समाजवाट ध्वंस गर्दै नेपाली समाजलाई सामन्तवादको पंजावाट मुक्त गर्न प्रमुख भुमिको खेलेको र राष्ट्रिय तथा अर्न्तर्रराष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली जनयुद्धलाई द्रोह हो भन्नु हत्केलाले र्सर्ुयलाई छेक्नु जस्तै हो ।जनयुद्धको उपलव्धीको रुपमा र त्यसकै कार्यनितिको रुपमा संविधान सभामार्फ,लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर एकिकृत नेकपा माओवादीलाई आरोप प्रत्यारोप गर्न पाएको वारेमा भने उनले भुसुक्कै भुले।२०४६ सालको आन्दोलनको उपलव्धीलाई वुठले कुल्चंदै ज्ञानेन्द्र शाहीले प्रधान मन्त्रिको टेन्डर आहृान गर्दा अग्रस्थानमा निवेदन दिने नेकपा एमाले लाई कम्युनिष्ट पार्टर्ीीे दावी गर्दै त्यस्तो वामपन्थि दलको नेत्ाृत्वको सरकार भएको वेलामा नेकपा माओवादीले थालेको युद्ध जनयुद्ध हुन नसक्ने फजुल दावी गर्न सम्म भ्याए ।
जनयुद्ध महान थियो भने किन स्थगित गरेको र महान जनसेनालाई किन क्यान्टोनमेन्टमा राखेको भन्दै विगतमा भएका सवै शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर शान्ति सम्झौता भंग गरी माओवादीलाई फेरी युद्धमा धकेल्न उत्तेजित पार्न उनी पछि परेनन्। शान्ति,स्वतन्त्रता ,मानवअधिकार,कानुनी राज्य जस्ता शव्दहरु वाराम्वार दोहोरयाए पनि उनका अभिव्यक्तिहरु अत्यन्तै पर्ुवाग्रही र प्रतिशोधले भरिपर्ुण्ा थिए ।्
केपी ओलीलाई राजावादीको आरोप लगाउंछन भन्दै ती आरोपलगाउनेहरु पिंजडाका सुगा हुन जसलाई घोेकाएका शव्द वाहेक केहि थाहा हुंदैन भन्दै उनले आफ्नो पिडा आफैं उकुस मुकुस गरेर वाहिर निकालेका थिए। हलमा उपस्थित नेकपा माओवादीका र्समर्थकहरुलाई व्यंग्य गर्दै विगतमा पाण्डव सुनुवारले रेडियो नेपालमा चौतारी कार्यक्रममा वज्ने मादलको तालको उदाहरण दिंदा अत्यन्तै उरण्ठेउलो देखिएका ओलीले आफ्नो पद र प्रतिष्ठाको आफैंले धज्जि उडाएको दृष्य हर्ेन लाएकको थियो ।त्यतिवेला उनी नेपालमा विकसित भएका घटनाक्रम हरुलाई प्रवासी नेपालीहरुले आफ्नो क्षमताले वुझ्न नसक्ने र अर्काले हल्ला पिटेको कुरा मात्रै गर्ने पटमर्ुखको रुपमा चित्रित गर्न चाहन्थे।
महाकाली सन्धि राष्ट्रघाती थियो भन्ने एक प्रसंगमा उनले सन्धि गर्दा ३ वटा गम्भिर त्रुटी भए पनि राष्ट्रघाती थिएन भन्ने ठोकुवा गरे ।यस प्रसंगमा अत्यन्तै आक्रोशित वनेका ओलीले राज्यको दायित्ववाट पुरै पन्छिएर गणितीय भाषामा वोले ।भारतको एकातर्फी वांधवाट नेपाली जनता र जमीनमा परेको असरलाई उनले सम्झन चाहेनन् ।उल्टो सामन्तवादी उत्पिडनवाट श्रमको खोजीमा विदेशको गल्लीमा भौंतारिएका नेपालीहरुलाई क ख ग घ र हिसाव किताव त गर्न जान्नु हुन्छ होलानी भनेर हेप्दै वहस गर्न आहृान गरे।टनकपुर व्यारेजको स्थलगत भ्रमण गरेका र भारतीय वांधका कारणले उत्पिडित वनेका व्यक्तिहरु आफैं हलमा भएपनि संयमित वने ।उनको आहृानलाई स्वीकारेर वहस गरौंनत भनेर उनी जस्तै हलका जनसमुदाय तयार भएको भए परिणाम के हुन्थ्यो भन्ने सम्म पनि उनको वामपन्थि आन्दोलनको कारणले लामो समय जेल नेल भोगेका संसारको वाम आन्दोलनलाई विश्लेषण गर्न सक्ने तिक्ष्ण दिमागले भ्याएन ।
साझा भाषा, साझा अर्थतन्त्र,साझा भुगोल,साझा वसोवास लगायतका विविध सवालहरुलाई मिलाएर वनाइएको १४ प्रदेशको अवधारणालाई हल्का रुपमा जातिगत आधारमा छुटयाइएको भन्दै उनले त्यो मान्य नहुने जिकिर गरे ।सामन्तवादी व्ा्राम्हणवादी राज्यसत्ताले नेपालका आदिवासी जनताको राज्य संयन्त्रलाई ध्वंस पारी आफ्नो एकछत्र शाषन लागुगरी नेपालमा रहेका आदिवासी जनजातीहरुको आफ्नो पहिचान खोसेर एक जाती एक धर्म एक संस्कृतिको साम्राज्य फैलाएको कुरा र्सवविदितै छ ।त्यसैको विरुद्ध नेपाली जनताले संर्घष्ा गरे र सामन्तवादी राज्यसत्ताको अन्त्य गरे ।अव राज्यको पर्ुनर्संरचना गर्दा हक हित खोसिएका जातिहरु तथा समुदायलाई अग्राधिकार दिएर उत्साह थप्दै राज्यमा सहभागी गर्राई नेपाली राष्ट्रियतालाई मजवुत वनाउने सवालमा के पी ओली अत्यन्तै विरोधी देखिए। आत्मनिर्ण्र्ााो अधिकार सहितको स्वायत्त साशन भन्ने लेनिनवादी सिद्धान्तलाई चुनौती दिंदै दिग्गज वामपन्थि नेताको दावी गर्ने ओलीले आत्म निर्ण्र्ााो अधिकार भनेको तपाइंहरुलाई थाहा छ भन्दै उपस्थित जनसमुदायप्रति आक्रोस व्यक्त गरेका थिए ।आत्मनिर्ण्र्ााे अधिकारको शाव्दिक अर्थ देश टुक्रयाउने हो भन्दै उनले यो सम्भव नहुने वताए ।उनले गणराज्य घोषणा कार्यक्रमलाई अत्यन्तै जटील वनाउंदै संघीय राज्यको स्थापना भनेको काल्पनिक कुरा हो भन्दै कसैलाई चन्द्रमा दिन्छु भनेर हुन्छ भन्न सम्म भ्याए। ।व्राम्हणवादी सामन्तवादी राज्यसत्ताको उत्पिडनको सांचो अर्थमा अन्त्य गर्नुपर्दछ भन्ने प्रसंगमा उनले ठटयौलो पारामा तर सारमा अत्यन्तै प्रतिकृयावादी हर्कत देखाउंदै काजकृया,व्रतवन्ध गर्नका लागि नेपालमा व्राम्हणवाद भन्दा अरु वाद नभएको गलत तर्क प्रस्तुत गरे ।नेपालमा व्राम्हणवादी राज्यसत्ताको उत्पिडनमा परेका विभिन्न जाती र समुदायका आफ्नै धर्म,संस्कृति,परम्परा र पहिचानहरु छन र तिनीहरुको अधिकारको ग्यारेन्टी अवको राज्यको पर्ुनर्संरचनामा निश्चित रुपमा हुनु पर्दछ भन्ने मालेमावादी क ख ग घ को पनि उनले हेक्का गर्न सकेनन् ।
कालापानीमा भारतीय सेना राखेको देख्ने पहिलो व्यक्ति के पी ओली हो भनेर दावी गरेका ओलीले ती सेना हटाउन के प्रयास गरे त्यो गोप्य नै राखे ।तर माओवादी सरकारमा हुंदा भारत विरुद्ध वोलेन सरकारवाट वाहिरिए पछि भारत संग संर्घष्ाको कुरा गर्यो भनी भ्रम र्छर्ने असफल प्रयास गरे ।संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाललेनै नेपालको इतिहासमा पहिलो पटक भारतसंग विगतमा नेपाल र भारतवीच भएका असमान सन्धि सम्झौताहरुलाई खारेज गर्दै नेपालको राजनैतिक परिवर्तनको नयां आधारमा नयां सम्झौताहरु गर्न प्रस्ताव गरेका थिए ।यसरी भारत प्रति कुटनैतिक रुपमानै पेचिलो संर्घष्ा शुरु भएपछि दाहालको नेतृत्वको सरकारलाई असफल वनाउन भारत लागेको र तत्कालिन सेनापति कटुवाल प्रकरण हुंदै नेकपा एमालेले भारतलाई सघाएको कुरा सवैलाई स्पष्ट नै छ । राष्ट्रपतिलाई सेरेमोनियल भनेर उनको वारेमा छलफल गरेमा त कार्यकारी भइहालेनी भन्ने गलत तर्क पेश गरेका ओलीले सेरेमोनियल राष्ट्रपतिले सेनापति प्रकरणमा गरेको हस्तक्षेपको वारेमा चाहिं वोलेनन् ।
त्यसैले वास्तवमा के पी ओलीको युरोप भ्रमण र नेकपा एमालेको संगठन विस्तारका क्रममा प्रवासी नेपालीहरुले नेकपा एमालेको जनविरोधी र यथास्थितिवादी सोचलाई र्छलंग र स्पष्ट रुपमा वुझ्न पाएका छन ।अव सांचो अर्थमा प्रगतिशील तथा वामपन्थि र गणतन्त्रवादी प्रवासी नेपालीहरुले यस्ता खोक्रो वामपन्थको पछि लाग्नु भ्रम माथि भ्रमको घर सृजना गर्नु हो ।अव यस्ता प्रवृत्तिहरुको विरुद्ध व्रि्रोह गर्नु समयको अपरिहार्य आवस्यकता हो। प्रवासमा रहेका नेपालीहरुको वीचमा पनि छलफल र वहस हरु गर्दै नेपालको पर्ुनर्संरचनाको प्रगतिशील तथा वैज्ञानिका एजेण्डामा एक हुन अव सवैले ढिला गर्न हुंदैन।


टिप्पणीकर्ता नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका अध्यक्ष हुनुहुन्छ




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 5 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 431 पटक हेरेको Add to Google Share