मलेसियाली सर्वोच्च अदालतबाट मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नुवाकोटका साजन गुरुङको मृगौला रोगका कारण स्थानीय काजाङ अस्पतालमा निधन भएको छ । क्वालालम्पुरस्थित राजदूत डा.ऋषि अधिकारीका अनुसार दुवै मृगौला काम नलाग्ने भएका उनको डाइलासिस गर्ने क्रममा गत माघ ६ गते निधन भएको हो । सबै प्रक्रिया पूरा भएकाले शवलाई शुक्रबार नेपाल पठाइने अधिकारीले बताए ।
मलेसियामा रहेका साजनका दाजु रामबहादुरले शव फिर्ता लैजान आवश्यक रकम दूतावासमा बुझाएका थिए । 'नियमानुसार १ लाख २५ हजार लाग्ने भए पनि दुःखद घटना भएकाले ६० हजारमा शव नेपाल पठाउने प्रक्रिया पूरा भएको छ,' अधिकारीले भने । नुवाकोट, किम्ताङ ९ मूल घर भएका साजन ३७ वर्षका थिए ।
लागूपदार्थ कारोबार अभियोगमा सन् २००३ मा मलेसियामा पक्राउ परेका साजनसहित अर्का उनका नातेदार हरिबहादुर घलेसमेतलाई त्यहाँको सर्वोच्च अदालतले गत नोभेम्बर २६ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 236 पटक हेरेको
Share