पर्यटकका रूपमा नेपाल भित्रिएका चिनिया नागरिकहरू अपराधमा सक्रिय रहेको तथ्य खुलेको छ। विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा तीन चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य खुलेको हो।
ठगी, वैदेशिक मुद्रा अपचलन र प्रतिबन्धित जडिबुटी बोकेको आरोपमा शुक्रबार बेलुका उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार चाइना साउथ एअरको उडानबाट चीनको गुन्जाओ जान लागेकी याङ जिनहुआ अवैध अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी हुन्। चेकजाँचको क्रममा प्रहरीले उनको साथबाट ४४ हजार ८ सय अवैध अमेरिकी डलर फेला पारेको छ।
यसैगरी ड्राइगन एयरबाट हङकङ हुँदै गुन्जाओ हिँडेका याओ जिङनो २६ लाख नेपाली रुपैयाँ र ८ हजार ३ सय चाइनिज युआनसहित पक्राउ परेका छन्। उनीविरुद्ध ठगीको उजुरी परेको प्रहरीले जनाएको छ।
शुक्रबारै चाइना इस्टर्न एअरबाट बजे चीनको खुम्निङ जान लागेका झाङ गुइउइ आधा किलो यार्सागुम्बासहित पक्राउ परे। विमानस्थलमा चेकजाँचका क्रममा झोलामा यार्चागुम्बा लुकाएर राखेको फेला पारेपछि विमानस्थल सुरक्षा गार्डले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 118 पटक हेरेको
Share