एकैदिन एउटै गाउँमा दर्जनभन्दा बढी विवाह हुँदा झापाको सुरुङ्गामा विवाहका लागि जन्तीको अभाव भएको छ। माघ २४ गतेका दिन अत्यधिक विवाहको लगन हुँदा गाउँमा विवाहका लागि जन्ती अभाव भएको हो। विवाहका लागि जन्ती नपाउँदा प्रतिजन्ती दुईसयदेखि पाँचसयसम्म दिएर बेहुलीकोमा जन्ती लगिएको एक परिवारले बताए।
एकैदिन धेरै ठाउँमा विवाहको कार्यक्रम हुँदा गाउँमा भाँडावर्तन, त्रिपाल, वैण्ड र पञ्चेबाजा, साउण्ड सिस्टमलगायतका वैवाहिक सामग्रीको अभाव भएको छ।
यसैबीच एकै दिनमा दुईदर्जन बढी वैवाहिक कार्यक्रम हुँदा झापाको कोटीहोम धार्मिकस्थलमा विवाहका लागि पण्डितको समेत अभाव भएको छ।
पूर्वाञ्चल क्षेत्रमै सबैभन्दा बढी विवाह गराउँदै आएको उक्त धार्मिकस्थलमा समितिले २५० रुपैयाँमा पण्डितसहित विवाह गराउँदै आएको छ।
एकैदिन दुई दर्जनको सङ्ख्यामा विवाह आउँदा पालोपालो विवाह गराउनु परेको तथा मठमन्दिर र धर्मशाला समेत खाली नभएको कोटीहोम धार्मिक विकास संस्थाका सचिव गङ्गाराम दाहालले बताउनुभयो।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 185 पटक हेरेको
Share