आज नेपालमा :

वेल्जियममा टेलिनेटले ल्यायो सुपर फास्ट इन्टरनेट
[ Posted on 8th of February ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

वेल्जियममा इन्टरनेट प्रोभाइडर टेलिनेटले आज देखि अत्यन्तै छिटो स्तरमा इन्टरनेट गर्नको लागि फाइवरनेट वजारमा उपलव्ध गराएको छ । इन्टनेट जगतमा नै अत्यन्त छिटो मानिने फाइवर नेटको स्पिड १०० MB प्रति सेकेन्ड डाउनलोड स्पिड हुन्छ भने अपलोड स्पिड ५ MB प्रति सेकेन्ड हुन्छ । अहिले प्रति महिना २५० GB डाटा भोल्युम दिने र आगामी जुलाई देखि अनलिमिटेड भ्भोल्युम प्रदान गरिने जानकारी दिइएको छ ।

उक्त कम्पनीका अनुसार फोन टेलिभिजन सहित फाइवरनेट १०० Mb लिनेलाई १२० युरो प्रति महिना वा फाइवरनेट १०० MB लिनेलाई ९९ युरो लाग्ने छ । त्यस्तै फाइवरनेट ५० सहित फोन टेलिभिजन लिनेलाई ८९ युरो वा फाइवरनेट ५० को लागि मात्र ६९ युरो लाग्ने छ । फाइवरनेट ५० को डाटा भोल्युम ५० MB प्रति सेकेन्ड डाउनलोड स्पिड रअपलोड स्पिड २.५ MB प्रति सेकेन्ड हुन्छ ।

अहिले टेलिनेटले उपलव्ध गराएको इन्टरनेट सेवा वढीमा २५ MB स्पिडको थियो ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 626 पटक हेरेको Add to Google Share