जन आन्दोलन २०६२/६३ का कमान्डर नेपाली कांग्रेसका सभापति एवं भुतपुर्व प्रधानमन्त्री आदरणिय श्री गिरिजा प्रसाद कोइरालाको स्वास्थ्य स्थिति केही दिन यता बिग्रदै गएकोमा हामी समस्त यूरोपवासी प्रजातन्त्रबादी प्रवासी नेपालीहरु चिन्तित हुन पुगेका छौ । नेपाली राजनीतिका शिखर पुरूष गिरिजाबाबु जो आफ्नो जीवनको बाल्यकाल देखिनै क्रान्तिकारी, जुझारु रुपमा अगाडि बढ्दै नेपालको २०४६ सालको जन-आन्दोलन देखि हाल सम्म नेपाली जनताले गरेका लोकतान्त्रिक आन्दोलनहरुमा अग्रणि भूमिका निर्बाह गर्दै १० वर्षे माओवादीको जनयुद्धबाट भूमिगत सशस्त्र आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउनुका साथै झन्डै २४० बर्ष देखि नेपाली जनतालाई शासन गर्दै आएको तानाशाही राजतन्त्रको अन्त गराउन सक्नु उहाँको साहसिक एवं बुद्धिमतापूर्ण कार्य हुन ।
नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियालाई उहाँको सफल, सबल र दुर्दर्सी दृष्टिकोणले देशलाई यो स्थिति सम्म पुराउनु भएको छ । नेपालको संविधान लेखन, शान्ति प्रकृयालाइ तार्किक निश्कर्षमा पुर्याउन र माओवादी लडाकुहरुको समायोजन र लोकतन्त्रको संस्थागत विकासका लागि पुन एकपल्ट राष्ट्रलाई उहाँको नेतृत्व, शारिरीक सबलता, पुरानै जोस जाँगर र क्रान्तिकारीपनको आवश्यकता महसुस गर्दै सामुहिक रुपमा उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछै । हामी यूरोप भर रहेका नेपाली जनसंपर्क समितीहरु उहाँको लागि शान्ति नोबेल पुरस्कार नेपाल सरकारले आफ्नो तर्फबाट सिफारिस गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिदै आदरणिय गिरिजाबाबुलाई अग्रिम बधाई एवं शुभकामना ब्यक्त गर्दछौ ।
जय नेपाल
दिल गुरुङ (अध्यक्ष नेपाली जनसंपर्क समन्वय समिती, यूरोप
गंगा धर गौतम(अध्यक्ष नेपाली जनसंपर्क समिती, बेल्जियम)
पूर्ण हमाल (अध्यक्ष नेपाली जनसंपर्क समिती पोर्तुगल)
नारायण प्रसाद आचार्य (अध्यक्ष नेपाली जनसंपर्क समिती निदरल्यान्द )
पुष्प भण्डारी (अध्यक्ष नेपाली जनसंपर्क समिती स्पेन )
गुणराज शर्मा (अध्यक्ष नेपाली जनसंपर्क समिती स्विजरल्यान्द)
लोक गुरुङ (अध्यक्ष नेपाली जनसंपर्क समिती बेलायत )
रिता दाहाल (का।बा अध्यक्ष नेपाली जनसंपर्क समिती जर्मन )
त्रिलोचन सापकोटा (अध्यक्ष नेपाली जनसंपर्क समिती डेनमार्क )
बालक्रिश्ण सापकोटा (अध्यक्ष नेपाली जनसंपर्क समिती लक्स्जुम्बेर्ग )
किरण चन्द सिङ प्रधान (अधक्ष्य नेपाली जनसंपर्क समिती फ्रान्स )
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 346 पटक हेरेको
Share