सामाजिक नेटवर्किङ साइट फेसबुकले भारतमा आफ्नो कार्यालय खोल्ने भएको छ । फेसबुक प्रयोगकर्ताहरुको बढ्दो संख्यालाई ध्यानमा राख्दै यो नयाँ कार्यालय खुल्ने भएको हो । फेसबुकले एसियामा पहिलो पटक भारतमा कार्यालय खोल्न लागेको हो ।
दक्षिण भारतको हैदराबादमा गुगल, माइक्रोसफ्ट र आईबीएमले पनि आफ्नो कार्यालय यसअघि नै स्थापना गरिसकेका छन् ।
सन् २००४ मा आधिकारिक रुपमा सार्वजनिक भएको फेसबुकका प्रयोगकर्ता ४ करोडभन्दा बढी रहेको बताइएको छ । फेसबुकको आधिकारिक एउटा ब्लगका अनुसार ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ता अमेरिकाबाहिर रहेका छन् भने तिनले अंग्रेजीबाहेक ७० भाषाबाट सञ्चार र सूचना आदानप्रदान गरिरहेका छन् ।
भारतमा मात्र ८० लाखभन्दा बढी फेसबुकका प्रयोगकर्ताहरु रहेको फेसबुकले दाबी गरेको छ ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 371 पटक हेरेको
Share