आज नेपालमा :

नेप्लिज डेमोक्रेटिभ फोरम बेल्जियमको प्रेस बिज्ञप्ती
[ Posted on 22nd of March ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

प्रजातन्त्र र लोक्तान्त्रिक आन्दोलन का अग्रज नेपाली काग्रेशका सभापति स्व गिरिजा प्रशाद कोइरालाको गत चैत्र ७ गते भएको निधन प्रती हामी नेपाली डेमोक्रेटिभ फोरम बेल्जियमका सम्पूर्ण परिवार मर्माहित भएका छौं । साथै प्रजातन्त्र तथा लोक तान्त्रिक

आन्दोलन पर्ती अनवरत विश्वाश संघर्समा जुटीरहने कांग्रेस नेता स्व: गिरिजा प्रशाद कोइराला प्रती हामी भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ ।



साथै देश र जनताको नाममा नेपाली कंग्रस पार्टिको नाम बाट राजनीति गर्दै आउनु भएका कांग्रस वरिस्ठ नेता श्री स्व:कोइराला ज्यु को निधनको खबरले हामी बेल्जियमबासी नेपाली डेमोक्रेटिभ फोरम परिवारको मनमा अत्यन्त गहिरो चोट पुगेको छ। त्यसर्थ यो दु:खद घडीमा शोक शन्तप्त उहाका परिवारजन तथा आफन्तजनहरु साथै अन्य उहाका शुभेच्छुक सबैमा धैर्य धारण गर्न सक्ने क्षमता ईस्वरले प्रदान गरुन भन्ने कामना गर्दछौ ।

जिउदो रहंदा सही मुल्याङ्कन नगर्ने र मृत्‍यु पछी महान नेता भन्ने प्रचलन रहेको हाम्रो ब्याप्त समाजमा स्व : कोइरालाले नेपाली राजनीतिमा खेलेका साकारत्मक पाटाहरु लाई हृदयंगम गर्दै लोक तन्त्रका अग्रणी कांग्रेस नेता स्व: कोइराला ज्युमा पुन एक चोटि नेपाली डेमोक्रेटिभ फोरम बेल्जियम परिवारले हार्दिक श्राद्धान्जली गर्दछ । साथै उहांको निधनले नेपाली राजनीतिमा अपुरणिय क्षेती पुर्याएको महशुस गरिएको छ ।


नेपाली डेमोक्रेटिभ फोरम बेल्जियम परिवार




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 686 पटक हेरेको Add to Google Share