आज नेपालमा :

युरो नेपाल कलाकार संघ,बेल्जियमको खुला एकल नृत्य प्रतियोगिता २०१० सम्वन्धी अत्यन्त जरुरी सुचना‏
[ Posted on 29th of March ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

ENAA-युरो नेपाल कलाकार संघ( Euro Nepal Artist Association,Belgium) बेल्जियम द्वारा निम्न मिती र स्थानमा सम्पन्न हुन गैरहेको Enaaखुला एकल नृत्य प्रतियोगिता २०१० मा संस्थागत वा व्याक्तिगत सहभागिता जनाई उक्त नृत्य प्रतियोगितालाई सफल परिदिनु हुन बेल्जियमबासी सम्पूर्ण नेपाली दाज्यु भाई तथा दिदिबहिनी हरुमा युरो नेपाल कलाकार संघ, बेल्जियम हार्दिक अनुरोध गर्दछ ।प्रतियोगितमा विजेता प्रथम,द्वितिय र तृतिय लाई क्रमश:७००,५०० र ३०० युरो नगद ,कप र प्रमाण पत्र प्रदान गरिने छ ।साथै प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगिलाई समेत सहभागिताको प्रमाण पत्र बितरण गरिने छ ।

प्रतियोगिता सम्वन्धमा प्रतियोगिले ध्यान दिनुपर्ने कुराहरु-
१)नृत्य एकल हुनु पर्ने छ ।
२)प्रतियोगितामा भाग लिने महिला र पुरुष बिचमा भेदभाव गरिने छैन ।प्रतियोगी बिचमा उमेरको हदबन्दी तोकिने छैन ।
३)नृत्य प्रतियोगितामा ब्याक्तिगत वा संस्थागत रुपमा भाग लिन पाईने छ ।तर संस्थागत रुपमा भाग लिएमा संस्थाबाट सिफारिश गरिएको सिफारिश पत्र सहित निबेदन दिनु पर्नेछ ।
४)नेपाली भाषामा नृत्य गर्न सक्ने जो कोहीले पनि प्रतियोगितामा भाग लिन पाउने छन ।खुला नृत्य प्रतियोगिता भएकोले बेल्जियम भन्दा बाहिर रहेका जो कोहिले पनि प्रतियोगितामा भाग लिन पाउने छन ।
५)प्रतियोगिले दुई वटा गीतमा अनिवार्य नृत्य गर्नुपर्ने छ ।
(क) लोक गीत(लोक गीत अन्तर्गत-लोक आधुनिक,लोक शास्त्रीय,लोक चलचित्र,ईत्यादि)
(ख) आधुनिक गीत(आधुनिक गीत अन्तर्गत-पप,आधुनिक,जज्ज(Jazz),ब्रेक,रिमिक्स जस्ता जुनसुकै किसिमका आधुनिक गीतहरु)
६)नृत्य गर्ने गीत प्रतियोगी आफैले छनौट गर्नुपर्ने छ ।तर गीतको बोल नेपाली भाषामा हुनु पर्ने छ ।
७)नृत्य गर्ने गीतको समय बढिमा ६ मिनेटको हुनुपर्ने छ ।
८) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले युरो नेपाल कलाकार संघ,बेल्जियम द्वारा उपलब्ध गराईने फारम भर्नु पर्ने छ ।फारमको साथमा २ वटा पासपोर्ट साईजको फोटो पनि अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
९)प्रतियोगिले प्रतियोगिताको लागी छनौट गरेको गीतको बोल सम्वन्धी(C.D,cassettee) सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनु पर्ने छ ।
१०)नृत्यको मुल्याङ्कन गीत अनुसारको भेष-भुषा,हाँउ-भाँउ (शैली ), चाल, प्रस्तुती र अन्त्य आदिलाई आधार मानेर गरिने छ ।
११)प्रतिष्पर्धाको लागी निवेदन दिने अन्तिम मिती ३१ जुलाई २०१० सम्म मात्र ।
१२)प्रतियोगितामा भाग लिने प्रतिस्पर्धिको लागी प्रबेश शुल्क जम्मा २५ युरो लाग्ने छ ।
१३)नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नु पर्ने छ ।
१४ )प्रतियोगितामा भाग लिनु हुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१५)मादक पदार्थ सेवन गरेर आउने प्रतियोगी लाई प्रतियोगितामा समावेश गरिने छैन ।
१६)कार्यक्रम अबधीभर प्रतियोगितामा भाग लिने प्रतियोगिलाई मात्र एक पटकको लागी खाँजाको ब्यवस्था गरिएको छ ।अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नु पर्ने छ ।
१७) नृत्य प्रतियोगितमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ ।

प्रतियोगितामा भाग लिनु हुने प्रतियोगिलाई प्रतिष्पर्धामा प्रस्तुत हुन सजिलो होस भनि ENAA (युरो नेपाल कलाकार संघ), बेल्जियमले २२ अगस्त २०१० भन्दा पहिले नै एक जना नृत्य प्रशिक्षक द्वारा एक दिने प्रशिक्षण दिने वा रिहर्सन कार्यक्रम आयोजना गर्ने हुँदा ईच्छुक सम्पूर्ण प्रतिष्पर्धी हरुलाई सहभागी हुन हार्दिक अनुरोध गरिन्छ ।यस सम्वन्धी सम्पूर्ण जानकारी अर्को सूचनामा प्रकाशित गरिने छ ।अथवा enaa_belgium@hotmail.com ईमेल मार्फत समेत जानकारी लिन सक्नु हुनेछ ।

मिति- २२ अगस्त २०१०
स्थान- (Ons Huis) Goudbloemstraat-28, लुभेन बेल्जियम
समय- दिनको ठिक १२.०० बजे बाट
दर्ता गर्ने अन्तिम मिति-२०१० जुलाई ३१
सम्पूर्ण जानकारिको लागी सम्पर्क फोन-०४८४७०५२३६

ईमेल- enna_belgium@hotmail.com

क्षेत्रगत रुपमा सम्पर्क गर्नको लागी सम्पर्क व्याक्ती हरु-

क)ओष्टन्डे- नारायण धिताल, ०४८५४०९५४७
ख)अन्त्वेर्पेन- आलोक श्री ०४८४८९७४३७
ग)सेन्त्रुदेन- पुजा रसाईली, ०११७२६९४७ कविता तामाङ्, ०४९७३६१९६७
घ)लुभेन- जिम्मी गुरुङ, ०४८७८४६२३०
टेक लामा, ०४८४७०५२३६
ङ) ब्रुग्गी- शारदा कोईराला, फोन नं- ०४८४७९४९१६



आयोजक ENAA-युरो नेपाल कलाकार संघ,बेल्जियम
(Euro Nepal Artist Association,Belgium)




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 3 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 1124 पटक हेरेको Add to Google Share