आज नेपालमा :

सफल दाम्पत्य जीवनको कडी सेक्स
[ Posted on 6th of April ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

हिजोआज अधिकांश दम्पतीका जीवन अशान्ति, मानसिक तनाव, असन्तोष र एक-अर्काप्रतिको विकर्षणले भरिँदै गएका छन् । सहरी जीवनको कटु यथार्थ के हो भने आधुनिक जीवनशैली र धेरैभन्दा धेरै सुख-सुविधा जुटाउने भागदौडमा दम्पतीहरू यति थकित भएका हुन्छन् कि उनीहरूसँग एक-अर्कालाई ध्यान दिनका लागि समय नै हुँदैन । परिणामतः उनीहरूको दाम्पत्यमा कटुता आउन थाल्छ । बात-बातमा घोचपेच, आरोप-प्रत्यारोप र झर्कीफर्की नियमित हुन थाल्छन् । शरीर र मनसँग जोडिएको कोमल सम्बन्धमा चिरा पर्न थाल्छ ।

दाम्पत्य जीवनलाई सुखमय बनाउन पति-पत्नीले एक-अर्कालाई पर्याप्त समय दिनु आवश्यक छ । एक-अर्काको राम्रो ध्यान पुर्‍याउनु र एक-अर्काका आकांक्षा र भावनाको सम्मान गर्नु दाम्पत्य सुखका लागि अपरिहार्य छन् ।

विशेषज्ञहरू ठोकुवा गर्छन् कि दाम्पत्य जीवन सुखमय हुनका लागि सन्तुष्ट सेक्ससम्बन्धको ९० प्रतिशत भूमिका हुन्छ । तसर्थ, यौनसम्बन्धको महत्त्व बुझेर यसलाई आनन्ददायक बनाउन श्रीमान्-श्रीमतीले साझा प्रयास गर्नु जरुरी छ । सेक्स जीवनलाई सुखमय बनाउन ध्यान दिनुपर्ने केही कुरा यस्ता छन्ः

दाम्पत्य जीवनको आधार सेक्स हो

पति-पत्नीबीचको सम्बन्ध धेरै हदसम्म उनीहरूको सेक्ससम्बन्धमा निर्भर हुन्छ । असन्तुष्ट र अतृप्त यौनसम्बन्धका कारण दाम्पत्य जीवनमा धाँजा फाट्न सुरु हुन्छ र बिस्तारै-बिस्तारै यसले गहिरो खाडलको रूप लिन्छ, जसमा वैवाहिक जीवनका सम्पूर्ण सुख र आनन्द खस्न पुग्छन् । यसकारण पति-पत्नीले समझदारीका साथ सेक्सका लागि पर्याप्त समय दिनु जरुरी छ । यौनसम्बन्धलाई औपचारिक या यान्त्रिक बनाइयो भने एक-अर्काप्रति विकर्षण र घृणा उत्पन्न हुन धेरै समय लाग्दैन । पति-पत्नीबीचकोे प्रेमको बिरुवालाई समझदारी र कोमल यौन व्यवहारले निरन्तर सिँच्नुपर्छ । अनि मात्र दाम्पत्य जीवनको बगैँचा हराभरा रहन सक्छ ।

शारीरिक र मानसिक सम्बन्ध

पति-पत्नीको नाता यसकारण नाजुक मानिन्छ कि यसलाई शारीरिक र मानसिक स्तरमा सन्तुलित राख्नुपर्छ । र, यो वास्तवमा कठिन काम हो । फरक-फरक परिवेश र संस्कारबाट आएका दम्पतीले आफ्नो तनमनलाई साझा बनाउनुपर्ने हुन्छ । यो सन्तुलन कायम गर्न विवाहका सुरुका वर्षमा बढी कठिन हुन्छ । वरिष्ठ भारतीय मनोचिकित्सक डा. आरती आनन्द भन्छिन्, 'यौनसम्बन्ध शारीरिकभन्दा मानसिक प्रक्रिया हो । तपाईं जुन मानसिकताका साथ आफ्नो साथीसँग जोडिनुहुन्छ, त्यसको प्रतिफल शारीरिक स्तरमा देखिन थाल्छ । यौनसम्बन्ध बनाउनुअघि श्रीमान्-श्रीमती मानसिक रूपमा तयार हुन जरुरी छ ।

भ्रम नपाल्नुहोस्

विशेषज्ञका अनुसार सेक्सक्षमतामा कमीसम्बन्धी समस्या मूलतः मानसिक समस्या हो । ढल्दो उमेर या अत्याधिक थकानका कारण सेक्सक्षमतामा ह्रास आउँछ भन्नु केवल भ्रम हो । वास्तविकता के हो भने नियमित सेक्स गर्नाले शरीर स्वस्थ र ताजा रहन्छ । सेक्स सन्तुष्टिले मानसिक दबाब र कुण्ठालाई हाबी हुन दिँदैन । सेक्स कति शक्तिशाली हुन्छ भने ४० वर्ष पुगेपछि पनि नियमित सेक्स गर्नाले सामान्य शारीरिक रोगबाट बच्न सकिन्छ । तसर्थ, कुनै गलत धारणा या अधकल्चो तथ्यलाई सत्य मानेर मनमा कुनै भ्रम पाल्नुहुँदैन ।

एक-अर्काका इच्छाको सम्मान

मनोवैज्ञानिक सल्लाहकार डा. नेहा गुप्ताका अनुसार एक-अर्काको भावना र इच्छाको सम्मान नगरी केवल आफ्ना इच्छा मात्रै थोपरियो भने पति-पत्नीको सम्बन्ध लामो समयसम्म सामान्य रहन सक्दैन । उनीहरूले राम्ररी बुझ्नुपर्छ कि उनीहरू एक-अर्काका पूरक हुन् । एक-अर्काका भावना र इच्छालाई सम्मान गर्नु सुखद् दाम्पत्य जीवनका लागि आवश्यक हु्न्छ । साथै, आफ्नो साथीलाई केले बढी सन्तुष्टि प्रदान गर्छ ? त्यो जान्नु जरुरी छ । किनभने यौनसम्बन्धका क्रममा तपाईं आफ्नो साथीलाई जति धेरै सन्तुष्टि प्रदान गर्न सक्नुहुन्छ, तपाईंको साथीले पनि तपाईंलाई उति नै सन्तुष्टि प्रदान गर्ने कोसिस गर्नेछन् । सबभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने तपाईंको साथी (पति या पत्नी) को इच्छाविपरीत सेक्स त परको कुरा, उसलाई छुनु पनि अपराध हो ।

एजेन्सी




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 1032 पटक हेरेको Add to Google Share