आज नेपालमा :

सबै कानुन वेबसाइटमा:डाउनलोड पनि गर्न सकिने
[ Posted on 19th of April ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

मुलुकको संविधान र सबै कानुन खोज्न अब भौंतारिनु पर्दैन, न त कानुनका ठेली किनेर पल्टाउनु पर्ने छ । मात्रै नेपाल कानुन आयोगको वेबसाइट खोले पुग्छ ।

नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध संविधान र कानुनलाई 'डाउनलोड' पनि गर्न सकिने छ ।

आयोग सचिव मोहन बञ्जाडेका अनुसार मुलुकका सबै २ सय ९६ वटा ऐन वेबसाइट -लकमिसन डट जीओभी डट एनपी) मा राखिसकिएको छ । आयोगले ०६५ असार १५ देखि ऐन, नियम वेबसाइटमा राख्न थालेको हो ।

'आवश्यक पर्ने जोसुकैले ती कानुन वेबसाइट निःशुल्क डाउनलोड गर्न सक्छन्,' उनले भने ।

बञ्जाडेका अनुसार १ सय २७ वटा ऐनलाई पनि अंग्रेजीमा अनुवाद गरी राखिएको छ । सबै ऐनलाई अंग्रेजीमा अनुवाद गरी क्रमशः वेबसाइटमा राख्दै जाने योजना रहेको उनले बताए । आयोगले ऐनपछि नियमावलीसमेत वेबसाइटमा राख्न थालेको छ । हालसम्म २३ वटा नियमावली अंग्रेजीमा र सातवटा नेपाली भाषामा राखिसकिएको छ ।

सरकारका नीतिहरू र आफूले मस्यौदा गरेका विधेयकसमेत वेबसाइटमा राख्ने आयोगले जनाएको छ । उसले हालसम्म आफूले मस्यौदा गरेका सुपुर्दगीसम्बन्धी, धरौटी, जमानत तथा हिरासतसम्बन्धी विधेयक, जुवा नियन्त्रण तथा नागरिक अधिकार विधेयक राखेको छ ।

उक्त वेबसाइटबाट धेरै डाउनलोड र अध्ययन भएका संविधान, कम्पनी ऐन, निजामती सेवा ऐन, कानुन तर्जुमा दिग्दर्शन ऐन, अख्तियार ऐन र उद्योग वाणिज्यसम्बन्धी कानुन छन् ।

आयोगले ऐतिहासिक निधिका रूपमा रहेका पुराना ऐन कानुनसमेत नेपाली र अंग्रेजी दुवै भाषामा इन्टरनेटमा राख्ने जनाएको छ । आयोगले मुलुकको पहिलो कानुन मानिने राजा जयस्थिति मल्लको पालामा विक्रम संवत् १४३७ मा जारी न्याय विकासिनी -मानव धर्मन्याय शास्त्र), पृथ्वीनारायण शाहको दिव्योपदेश, सन् १९१० को मुलुकी ऐन, पुराना सनद सवालसमेत राख्दै छ ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (1 मत) | 233 पटक हेरेको Add to Google Share