कन्डम लगाऔं, एड्स भगाऔं’ जनस्वास्थ्यमा जारी विज्ञापन हो यो, तर कन्डमको उपयोगिता एड्स भगाउनमा मात्र सीमित छैन। यौनक्रियामा थप आनन्द प्रदान गर्न पनि कन्डम उपयुक्त माध्यम हुने व्यवसायीहरू बताउँछन्। त्यसैले कन्डम विभिन्न आकार-प्रकारमा उपलब्ध हुने गरेको छ। चिप्लोपन, खस्रोपन, काँडादार, संखाकार आदि विविध किसिमका कन्डम बजारमा पाइन्छन्। यौनरोग सर्नबाट जोगिन मात्र होइन, आफ्ना यौनसाथीको संसर्गबाट थप आनन्द प्राप्त गर्न पनि कन्डम प्रयोग गर्नु राम्रो हुने बताइन्छ। नेपाली समाजमा गर्भनिरोधको अस्थायी साधनका रूपमा कन्डम प्रयोग गरिन्छ। यद्यपि प्रयोगकर्ताले कन्डमको ब्रान्ड, आफ्ना लागि उपयोगी प्रकार आदिका बारेमा जानकारी राख्नुपर्छ। विश्वप्रसिद्ध ब्रान्डका कन्डमहरू द कन्डम हाउस, खिचापोखरीले नेपाली बजारमा ल्याएको छ।
भी ओभर
भी ओभर महिलाहरूले प्रयोग गर्ने कन्डम हो । यो कन्डमको अगाडि-पछाडि दुईवटा रिङ हुन्छ । एकातिरको रिङ योनिभित्र र अर्को बाहिर राखेर यसलाई प्रयोग गरिन्छ । लुबि्रकेटेड र फेक्सिबल हुने भएकाले यसले दुवैलाई उत्तिकै आनन्द दिन्छ । यो कन्डम शतप्रतिशत सुरक्षित हुने बताइन्छ ।
कामसूत्र
कामसूत्र कन्डम विभिन्न किसिममा उपलव्ध छ । कामसूत्रले डटेड, प्लेन, सेक्सुअल समयावधि लम्याउने, चिप्लोपन, अत्यधिक पातलो तथा फ्लेवरयुक्त कन्डमहरू उत्पादन गर्छ । जुनसुकै यौनप्रकृति भएका जोडीका लागि यो कन्डम उपयुक्त छ ।
इन्सपायरल
इन्सपायरल पुरुष कन्डम हो, तर यो कन्डमको प्रयोगले महिला यौनसाथीलाई चरम आनन्द दिन्छ । यसको टुप्पो शंखको जस्तै आकृतिमा बनाइएकाले अरू कन्डमको तुलनामा यो निकै फरक लाग्न सक्छ । सुख्खा योनि भएकाहरूका लागि यो कन्डम बढी फाइदाजनक हुन्छ । यसमा अत्यधिक चिप्लोपन हुन्छ ।
मेन फोर्स
यो अत्यधिक पातलो आवरणले बनेको कन्डम हो । डटेड र रिङयुक्त मेनफोर्स ६ वटा फ्लेवरमा उपलब्ध छ ।
म्याक्स
यो विशेष किसिमको कन्डम हो । एलोवेरा फ्लेवरको यो कन्डमको प्रयोग शीघ्र स्खलन रोक्नसमेत सहयोगी हुनसक्छ । वाटर वेस लुबि्रकेन्ट्स यसको अर्को विषेशता हो । यो डटेड हुन्छ ।
सुपर डटेड
झट्ट हेर्दा यो कन्डमको बनावट अनौठो लाग्छ । काँडैकाँडा भएको यो कन्डम दुईतर्फी यौनआनन्द दिन निकै उपयोगी हुने बताइन्छ । गोल्डेन प्याकेजमा उपलब्ध हुने यो कन्डम हेर्दा काँडेदार देखिए पनि अत्यन्तै नरम हुन्छ ।
मूल्य ः १ सय रुपैयाँ -एक प्याकेट)
माया
माया पुरुषले प्रयोग गर्ने कन्डम हो । यो एकदमै नरम हुन्छ । यो अत्यधिक चिल्लो हुनुका साथै घर्षणयुक्त पनि छ ।
मूल्य ः २५ रुपैयाँ -१प्याकेट)
साप्ताहिक
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 616 पटक हेरेको
Share