विगत दर्ुइ वर्षसम्मको निरन्तर संर्घष्ा पछि १९ जुलाई २००९मा र्सकुलरको रुपमा निस्किएको सम्झौताले हामीलाई केही हद सम्म राहत पुर्याए पनि समस्याको पर्ूण्ारुपमा समाधान गर्न सकेको छैन । नेपाली समुदायमा प्रतिशतको हिसाबले अवश्यपनि अत्यधिक फाइदा पुगेको छ तर समग्रमा विनाकागजवालाहरुको स्थिती यथावत छ ।२५००० को संख्यामा रेगुलाइज गर्ने अनुमान गरि गरिएको सम्झौता ४४००० हजार फाइल मन्त्रालयमा पुगेका छन भने ९००० मात्र सकारात्मक निर्ण्र्ााप्राप्त गर्न सफल भएका छन् । ठेगना र पुलिस पासको समस्याले अझै हजारौं फाइल कम्युनमा रहेका छन । र्सकलरले तोकेको मिति जुलाई २००७ ले त्यस पछि आउनेहरुको भविष्य अन्योलमा परेको छ भने ५ वर्षनपुगेकाहरु कामको समस्याले परमिट वि अपिल गर्न नसकेर किं कर्तब्य विमुढ को अवस्था छन । कामको कन्ट्राक्ट दुरुस्त नभएकाहरु अहिले छानविनमा परि नकारात्मक निर्ण्र्ाादिने र घरमा पुलिस आई समातेर लाने गरेको छ । विविध कारणले फाइल दुरुस्त नभएको अवस्थामा नकारात्मक निर्ण्र्ाासंगै पुलिसले खोजविन गर्न थालेको अवस्था सृजना भएको छ ।
र्सर्कुलर लागु भए पछि त्यसको विरोधमा याहाँको राजनैतिक पार्टर्ीी सर्वोच्चमा मुद्दा दायर गर्दा रोकिन पुगेको र्सकुलर इम्रि्रेशन मन्त्री मेल्सियोर वाथलेतको आदेशमा मन्त्रालयले निरन्तरता पाए पनि फाइल हर्ेर्ने प्रकृयामा शिथिलता आएको थियो । बेल्जियमको सरकार अविश्वासमा परि राजिनामा गरेपछि यही जुन १३ मा सम्पन्न गर्नेगरी नयाँ निर्वाचनको घोषणा गरिएको छ ।
अहिले निर्वाचनमा सहानुभुतिका मत प्राप्त गर्नका लागि नकारात्मक निर्ण्र्ाार गिरफ्तारीको नयाँ नाटक रचिएको छ जस्मा हाम्रा केही साथीहरु अहिले ल्कोज क्याम्पमा परेका छन । आगामी निर्वानको परिणाम पछि बन्ने नयाँ सरकारले र्सकुलरको वारेमा पुनर्विचार गर्ने बलियो सम्भावना नकार्न सकिन्न भने रेगुलाइजेशनको निरन्तरताका लागि आदेश दिने मन्त्रीका विरुद्धमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।
यी सबै अवस्थाको गम्भिर अध्ययन गरी ब्रशेल्समा सपोर्टिङ्ग ग्रुपले सरकारलाई खवरदारी पत्र पठाइसकेको छ भने आगामी दिनमा संर्घष्ा गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राखि पुनः भेला र बैठकको शुरुवात भइसकेको छ । बेल्जियमको हरेक कुनामा रहेका विनाकागजवालाहरु फेरी जर्ुर्मुराउन थालिसकेका छन । जस्तै आज मात्र लिएजमा करिव एक सय भन्दा बढी विनाकागजवालाहरुले जुलुस निकालेका छन् ।
समस्याको समाधानको लागि संर्घष्ा एक मात्र विकल्पको रुपमा रहेको यो देशमा हामी नेपाली समुदाय पनि फेरी संर्घष्ाको लागि तयार हुनु पर्ने अवस्था सृजना भएको छ । बेल्जियम स्थित विभिन्न सामाजिक ,राजनैतिक , जातीय तथा अन्य संघ संस्था लगायत सम्पर्ूण्ा नेपालीभाषी समुदायमा आ आफ्नो स्थानबाट संर्घष्ाका लागि यथाशक्य सहयोग गर्न र नेपाली समुदायको स्थायी वसोवासको ब्यवस्थाको लागि निरन्तर पहल गर्न नेपाली समुदाय संर्घष्ा समिति,बेल्जियम हार्दिक आव्हान गर्दछ ।
लिलाधर पन्त
संयोजक
नेपाली समुदाय संर्घष्ा समिति , बेल्जियम
मिति ०३ जुन २०१०
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 418 पटक हेरेको
Share