आज नेपालमा :

सहयोगको लागि अपिल !!!
[ Posted on 20th of June ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

नमस्कार, म रविन थपलिया, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुं । गत वर्ष २०६६ साल जेष्ठ ३१ गते काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटना स्पश्चात दाहिडे गोडा गुमाएर हाल सम्म अस्पतालको निगरानीमा उपचार गराईरहेकोछु । दुर्घटना पश्चात अस्पतालको लापरवाहीको कारण मेरो दाहिडे गोडाको घुडाभन्दा तलको भाग काटीएको छ । म अहिले अपाङ भएर ह्वील चियरको सहायताले कोठातथा वरण्डा सम्म मात्र हिडडुल गर्न सक्छु । मेरो घुडा भन्दा चार अमल तलकाटेकाले घुडाले समेत राम्रोसंग काम गर्न सकिरहेको छैन् । घुडामा चालल्याउनको लागि दैनिक दुईपटक फिजीयो थेरापी गराईरहेको छु ।
हप्तामा दूईपटक अस्पताल जाने गर्दछु जस्को लागी मेरो एक पटकमा डक्टरको चार्ज,ट्याक्सी भाडा र औषधी समेत गरेर ३ हजार भन्दा वढी खर्च हुन्छ भने फिजीयोथेरापीको लागी दैनिक ५ सय खर्च हुदै आएको छ । कामसकेर घर र्फकने क्रममा वालाजु चोकमा सामान वोकेर आएको लोड ट्रकलेमेरो मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएपछि पुन मलाईव्याक गरेर टायर मुनी हाल्न खोज्दा सडकमा हिडने मानिसहरुले मलाई वचाएकाथिए ।
दुर्घटना पश्चात मेरो मोटरसाइकलको पछाडी वस्ने साथीको उपचारकोक्रममा निधन भयो भने मैले दाहीने गोडा गुमाउनु पर्यो ।त्यस पछि उपचारको लागि विएण्डवि अस्पताल गएको भएपनि सो अस्पतालले समयमाअप्रेसन नगरेको र टायरले कुल्चेको मेरो दाहिने गोडाको राम्रोसंग सफानगरेकाले मैले सदाको लागि आफनो गोडा गुमाउनु पर्यो । त्यस यता मेरोउपचारको लागी धेरै धनरासी खर्च भयो । मलाई ठक्कर दिने ट्रकले केहि रकमउपचारको लागि व्यहोरे पनि हाल सम्म १५ लाख रुपैया खर्च भईसक्यो । गोडाकाटेपछि घुडा भन्दा तलको भागलाई छोप्नको लागी मेरो दुवै तिघ्रा भन्दामाथीको मासु काटेर घुडा तथा तलको भागका टाँसीएको छ । हाल सम्म मेरो ९ पटकअप्रेसन भयो । धेरै धनरासी खर्च भयो डक्टरले भने अनुसारको कृतिम गोडाराख्न र उपचारको लागी अझै ५,६ लाख रुपैया लाग्ने अनुमान गरीएको छ । मेरोउपचारको नेपाल पत्रकार महासंघको सिफारीसमा स्वास्थ्य मन्त्रालय मार्फतआर्थीक सहयागको लागी लामो समय देखि पहल भएको भएपनि सरकारी तवरवाट एकरुपैया पनि उपलव्ध हुन सकेको छैन् । यदि कृतिम गोडा राखेर हिडडुलगर्न सक्ने भएभने मेरो जिवनको अन्तीम क्षण सम्म पत्रकारीता क्षेत्रमैरहेर काम गर्ने धोको पनि रहेको छ । म यसै अपील मार्फत सम्पुर्ण नेपालमातथा विदेशमा रहेका मेरा नेपाली दाजुभाई दिदीवहिनीहरुमा यो अपिल गर्नचाहन्छुकी मेरो उपचारको लागी तपाँईहरुको एक दिनको खर्च मेरो लागि दिनुभयो भने मेरो गोडा राखेर पुन काममा र्फकने र उपचार गराउने सपना पुरा हुनेछ । कृपया मेरो लागी केहि रकम उपलव्ध गराइदिएर सहयोग गरिदिनुहुन अनुरोधगर्दछु ।


- रविन प्रसाद थपलिया मनमैजु ५, काठमाण्डौ,
मोवाईल ९८४१६५९४९४, rabin.thapaliya@gmail.com
- गोर्खा विकास वैक . पुतलीसडक, मेरो नामको खाता नम्वर 03823 SA




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 5 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 657 पटक हेरेको Add to Google Share