आज नेपालमा :

वेल्जियम विशेष ; एन्थ्रोपेनको रेगुलाइजेसन सम्वन्धी प्रकृया अगाडी वढेन
[ Posted on 23rd of June ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

वेल्जियममा भएको रेगुलाइजेसन प्रकृयामा केही अवरुद्ध आएको समाचारमा जनाइएको छ । वेल्जियमको प्रमुख सहर एन्थ्रोपेनमा परेको निवेदनको सात भागको एक भागको मात्र प्रकृया अगाडी वढेको जनाइएको छ । यदी तपाइ एन्थ्रोपेन वस्नु हुन्छ र तपाइले भरेको रेगुलाइजेसनको कुनै परिणमको जानकारी प्राप्त गर्न सक्नु भएको छैन भने नआतिनुस तपाइको फाइल अडकिएको छ । समाचारमा जनाइए अनुसार केवल एन्थ्रोपेनमा मात्र ७१६८ जनाले रेगुलाइजेसनको लागि दरखास्त दिएका थिए ।जस मध्ये १११७ जनाको मात्र लोकल पुलिसवाट छानविन गरिसकेको जनाइएको छ । यसको अर्थ अझै ६००० भन्दा वढीको फाइल तेतिकै अडकी रहेको छ ।
वाकी फाइल छिटो भन्दा छिटो तह लगाउने लागि परेको समाचारमा खुलाइएको छ ।
सरकारी अनुमान अनुसार करिव २५०००लाई कागज दिने भनिएता पछि पछिल्लो परिणाम अनुसार केवल ८०००ले कागज पाएको जनाइएको छ ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 818 पटक हेरेको Add to Google Share