अन्तरंग क्षणको समय बेडरुममा जोडतोडले स्वर निकाल्ने महिलाहरूले यौनआनन्दको सट्टा अभिनय गरिरहेका हुन्छन् भन्ने तथ्य एउटा अनुसन्धानले पुष्टि गरेको छ । बेलायतका अनुसन्धानकर्ताले यो कुराको अध्ययन गरेका हुन् । अध्ययन 'सेक्सुअल विहेभियर अर्काइभ' मा प्रकाशित छ ।
अध्ययनले भनेको छ, 'यौनक्रीडाको समय महिला पीडाले चिच्याउनु, 'उह-आह' जस्तो स्वर निकाल्नु पुरुषलाई 'दिग्भ्रमित' पार्नु मात्रै हो, जसकारण पुरुष साथीले यौनप्रक्रियामा तीव्रता ल्याओस् ।'
अनुसन्धानकर्ताहरूले १८ देखि ४८ वर्षसम्मका ७१ महिलामाथि यो अनुसन्धान गरेका हुन् । यसमा निर्देश दिने संकेत -इन्सट्रक्सन कमान्ड), पीडाले चिच्याउनु, तीव्र स्वर निकाल्नु, चिच्याउनुजस्ता केही श्रेणी थिए । यो श्रेणीको अनुसार यौनक्रीडाको समय महिलाले निकाल्ने आवाज चरम सुखसँग सम्बन्ध छ ? भनी सोधिएको थियो ।
जवाफमा महिलाले 'यस्तोखाले स्वर मात्र आफ्नो पुरुष साथीलाई यौनप्रक्रियामा तीव्रता ल्याउन र छिटो स्खलनका लागि हुन्छ' भनेका थिए । अनुसन्धानमा सामेल २५ प्रतिशत महिलाले चरम सुखको देखावटीपनका लागि नियमित रूपमा यस्तो स्वर निकाल्ने स्विकारे । ८७ प्रतिशत महिलाले चाहिँ आफ्नो यौनसाथीको आत्मसम्मान बढाउन यस्तो गरिने खुलाए । एजेन्सी
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 702 पटक हेरेको
Share