आज नेपालमा :

भाषाको बिधाता बनेर आयौ भानु : आचार्य प्रभा
[ Posted on 13th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

भाषाको बिधाता बनेर आयौ भानु
घाँसीको उपदेश् सुनेर छायौ भानु ।

सबैको मनमा बसेर गुण गरि
नेपाली भाषाको उन्नती चाह्यौ भानु ।

अमर अजर रहेर तिमी अझै
हामीमा सुन्दर आभाष ल्यायौ भानु ।

देशको चिनारी दिएर म्रीत्यु रोज्दै
साहित्य मनको आदर पायौ भानु ।

मरण शैय्यामा पुगेर पनि तिमी
भाषामै होम्मिने कसम खायौ भानु ।


(भानु जयन्तिको उपलक्षमा रचित भानु गजल रचना -जुलाई १२ /२०१० )




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 64 पटक हेरेको Add to Google Share