नेपाललाई पोलिटि्रकसले नराम्रो संग प्रदुषित गरेको छ । जब सम्म नेपाली पोलिटिक्स पोलिटि्रक्स बाट मुक्त हुंदैन तब सम्म नेपाली जनताको अपेक्षा अनुसार न त शान्ति नै स्थापना हुने देखिन्छ न त नयां संविधान बन्ने सम्भावना नै । जनअपेक्षा र सहज समाज बिकाशको मागलाई निर्मम कुल्चेर हरेक पार्टर्ीी नेताहरु अस्वस्थ्य ढंगले आ-आफ्नो प्ाोलिटि्रक्सको गाडिलाई त्रि्र गतिमा गुडाइरहेका छन् । नेपाली धर्तिमा राजनीतिको परिभाषा नै बदलिन पुगेको छ ।
राजनीति भनेको ढांट, जालझेल, षडयन्त्र, हत्या गुण्डागर्दि, लुटखसोट तथा जताततै अराजकता अर्थात सम्पर्ुण्ातामा अपराध नै हो भन्ने पर्याबाचीका रुपमा नेपाली जनताले बुझनु पर्ने बाध्यता बनेको छ । नेपालका राजनीतिक पार्टर्ीीका अधिकांस नेताहरु कहिले पोलिटि्रक्सबाट मुक्त भएर सांचो अर्थमा पोलिटिसियनको भूमिका निर्बाहा गर्ने हुन - नेपाली जनताको अपेक्षा, नेपाली समाजको बस्तुगत अबस्थाको माग र इतिहासले दिएको कार्यभारलाई जिम्मेवारी बोधका साथ आत्मासात गरेर कहिले देखि लाग्ने हुन - भन्ने चिन्ताले मुलुक ग्रस्त छ ।
नेपाली जनताको १९ दिने क्रान्तिकारी शान्तिपर्ुण्ा जनआन्दोलनले देखाएको मार्ग र गत संविधान सभाको निर्बाचनको जनादेश भनेको छिटो भन्दा छिटो द्वन्दको अन्त्य, भयमुक्त बातावरणको निर्माण, विधिको साशन र कानूनि राजको प्रत्याभूति सहितको दीगो शान्ति र सबै जाति, भाषिक, लिङ्ग र क्षेत्रका जनताहरुको राज्यमा समानुपातिक प्रतिनिधित्व सहित समता मुलक संरचनामा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक संघिय राज्यको नयां संविधान तोकिएको समय भित्रै बनाउनु पर्ने नै थियो । नेपाली जनता र राष्ट्रको दर्ुभाग्य, त्यसो हुन सकेन ।
नयां संविधान निर्माण गर्नु पर्ने संविधान सभाको मुख्य जिम्मेवारीबाट सभासदहरुलाई बिमुख मात्र बनाइएन सरकारको नेतृत्व हत्याउनकै लागि श्याल हुइयामा केन्द्रित गराइयो र संविधान सभालाई पंगु मात्र बनाइएन समाप्त समेत गरियो । अब केबल राजनीतिक सहमतिको संविधान सभा मात्र बांकी छ र जननिर्बाचित सभासदहरु मनोनित सभासदमा परिणत भइसकेका छन् । त्यसमा पनि किर्ंकर्तब्यबिमुढ बाट अझ सम्म मुक्त हुन पाएका छैनन् ।
दीगो शान्ति स्थापना र नयां संविधान बनाउनर् इतिहासले दिएको महान अवसरलाई थांति राखेर सरकार निर्माण प्राथमिकताको विषय हुनै सक्दैन थियो । तर सरकारकै विषयलाई केन्द्रित बनाएर संविधान बनाउने नेपाली जनताले पाएको ऐतिहासिक अवसरलाई तुहाउने प्रयास भैरहेको देखिन्छ । अहिले पनि सरकार निमार्ण्र्ााे बिषय लाई नै आबश्यक्ता भन्दा बढी महत्व दिएर तीन ठुला राजनीतिक पार्टर्ीी प्रधानमन्त्रिको आ-आफ्नो उम्मेदवार प्रस्तुत गरेर अस्वस्थ्य शक्ति संर्घष्ामा उत्रिएका छन् । मुलुकको अनिबार्य आबश्यक्ता र्रर् इतिहासले दिएको शान्ति र नयांसविधान निमार्ण्र्ााे यति ठुलो जिम्मेवारीलाई बेवास्ता गर्दै यसरी अस्वस्थ्य ढंगको शत्ता प्राप्तीको होडबाजीले शान्ति र संविधान निमार्ण्र्ाा लागि यी ठुला तीन राजनीतिक पार्टर्ीीीच हुनै पर्ने सहमतिको अनिवार्य आबश्यक्ता लाई अझ पर धकेल्ने नै देखिन्छ ।
नयां सविधानका लागि दर्ुइ तिहाई मतको आबश्यक्ताको माग अन्तरिम संविधानले गरेको छ । जसरी ठुलो पार्टर्ीीएको कारण सरकारको नेतृत्व गर्न पाउनै पर्ने दलिल पेश गरिने गरिएको छ त्यसरी नै जसका लागि संविधान सभाको निर्वाचन भएको हो त्यसका लागि अर्थात शान्ति र संविधान निमार्ण्र्ााे राष्ट्रिय महत्व र मुख्य कार्यभार प्रति जिम्मेवारीबोध कहिले हुने - भन्ने नेपाली जनताको यक्ष प्रश्न प्रति नेपाली राजनीतिक पार्टर्ीीका पोलिटि्रक्सियनहरुले बिल्कुलै ध्यान दिइरहेका छैनन् । यो अस्वस्थ्य पोलिटि्रक्सले ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धि गणतन्त्रलाई सिध्याउने र प्रतिगमनलाई सघाउने जस्ता उल्टो काम मात्र गरिरहेको छैन मुलुक असफल राष्ट्रमा परिणत हुने प्रवल सम्भावना पनि त्यतिकै बढेर गएको छ । त्यसैले राजनीतिक पार्टर्ीी नेताहरुलाई जनताको अनुरोध छ ः गुट र फुटको खेति गर्न छोडनोस, पोलिटि्रक्सको गलत अभ्यासलाइ त्यागनोस, आफु वा आफ्नो पार्टर्ीी प्रधानमन्त्रि नपाउदैमा शान्ति र संविधान निर्माणको अनिवार्य आबश्यक्ताको मार्गलाई थुन्ने अबस्तुबादी तथा गैरजिम्मेवारी हर्कतलाई अविलम्ब सच्याउनोस, लोकतान्त्रिक मूल्य-मान्यताहरु, शान्ति, संविधान र गणतन्त्र भन्दा माथि कुनै नेता वा पार्टर्ीीुनै सक्दैन । बस्तुबादी भएर सहमतिको सरकार निमार्ण्र्ाा लागि एउटै मात्र प्रधानमन्त्रिको उम्मेदवारी प्रस्तुत गर्नाेस र थांति रहेका शान्ति र संविधान निमार्ण्र्ाा कार्यहरुलाई त्रि्र बनाउनोस र “यो पोलिटि्रक्स अझ कहिले सम्म -” भन्ने अबस्थाबाट नेपाली जनतालाई मुक्त बनाउनोस, त्यसैमा तपाइको, तपाइहरुको, तपाइहरुको पार्टर्ीीे, नेपाली राष्ट्र र जनताको भलाइ हुनेछ ।
बेल्जियम
१९ जुलाई, २०१०
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 122 पटक हेरेको
Share