ने.क.पा. (एमाले) का नेता मदनकुमार भण्डारीको जन्म २००९ साल अषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा जन्मनुभएका भण्डारीको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरु भयो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्नुहुने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गर्ने गर्नाले उहाँ जिल्लाभर चर्चित हुनुभयो, यद्यपि उहाँले अक्षरहरू चिनिसक्नु भएको थिएन । उहाँका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाउनुभयो, दुःख सहनुभएन । हिलो धूलोमा पढ्न पनि परेन । वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सक्नुभयो ।
जब नेपालमा २०४६ सालको जनआन्दोलन पश्चात नेपाल र आम नेपाली जनताले आमूल परिबर्तन को सपना बोकेर जन नेता क.मदन भण्डारीलाई तेसको केंद्र बिंदु ठानेका थिय. नेपाली जनताको आशाको केंद्र बनेका जन नेता मदन भण्डारीको रहस्यमय तरिकाले २०५० जेष्ठ ३ गते हत्या गरियो . तेस्पछि देश , आम नेपाली जनता र ने क पा एमाले शोकाकुल बनेको थियो .रास्ट्र र नेपाली जनता ले भुल्न नसकेको जन नेता क भण्डारी लाई सींगो पार्टी नेत्त्रित्यो बाट भने भंडारीको बिचार (ज ब ज को) सीदन्त लाई पाखा लगायर खाली जेष्ठ ३ गते जन नेता मदन भण्डारी र क.जिवराज आश्रित को तस्बिरमा माला पहिराउने काम भन्दा अरु केहि गरियको देखिदैन .जब की हाल नेपाल लगायत बिश्व को कमनिस्टहरु आज (ज ब ज को) छाता मुनि अटाउन सकिरहेको अबस्थामा यस्तो महान बिचारलाई आम नेपाली जनता र बिश्वमा फैलाउनु पर्ने होइन र ? यो बिसयमा ने क पा एमालेका नेत्रित्योले किन महसूस गर्दैन ? यो एउटा गहन बिसय बनेको छ
पाटीका नेताहरुले बारम्बार जनतालाई झुटो आश्वासन दीदै आयका छन नेतृत्वोमा रहेका नेताहरुले २०५१ साल यता एकल र अरुको नेतीत्वोमा धेरै पटक सरकारमा आफ्नु उपस्तीथी ज्नाउदै सरकारमा गयता पनी तेस काहाली लाग्दो दिन जेस्ट ३ लाइ वास्ता गरेको छैन, क. भण्डारीको नामले पाटीको ब्याज खाने नेताहरुले यो घटनाको यथार्थ आम नेपाली जन्ता माझ ल्याउने आट किन गर्दैन ? यो सबैको प्रस्न एमाले नेतीत्वोलाई ???
nb20602002@याहू.com
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 181 पटक हेरेको
Share