आज नेपालमा :

युवा तिमी
[ Posted on 21st of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

पवन बनेर आनन्द देऊ , तिमी बतास हुरी न बन
अग्नि बनेर न्यानो ताप देऊ , तिमी ज्वालामुखिइ नबन
शीतल जल बनेर प्यास मेटी देऊ , नहोऊ नरगिस तिमी
सन्तानलाई धेरै मायाँ देऊ , तर हिरण्यकशिपु नबन तिमी ။
स्वादिष्ट जलपान गर सधै , चार नम्बरी नबन तिमी
प्राणी सबैमा दया मयाँ गर लौ , निस्ठुरी नबनहै तिमी
बिद्वान भइ सुकर्म गर्न सिकाऊ , घमण्डी नबन तिमी
मूर्ख र अत्याचारीहरुसंग बच है , यहि नै छ शान्ति दिने ။
कुबेर झै धनवान बनेर तिमी , उपकारमा हात बढाउ
भीम झै बलवान बनेर तिमी , सधै निर्वललाई सघाउ
बरुण झै रुपवान बन , घृणा कसैलाई नगर
ऍश्वय रुप धन जाने छ , एक दिन यस्मा भर नपर ။
दया,करुणा,क्षमा र उपकार , गर्ने मनमा निश्चय गर
पितृ कर्तव्य र धर्मको पालन गर्ने , झट्टै अगाडि दर
मीठो,नम्र वचन बोल्ने सबलाई , ईज्जत मान गरेर
यस्ता युवा पिंढी सन्तान तिमी बन , सबै नै भर पर्ने ။



कृष्ण न्यौपाने ( म्यान्मार )




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 1 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 66 पटक हेरेको Add to Google Share