आज नेपालमा :

जीवनका पलहरु
[ Posted on 23rd of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

जीवनका हरपल आसैमा बिताए
खुशी को खोजी मा केबल दु:ख मा रुमल्लिय l
तेसैमा अल्झेर सबै दोसहरु सँगाले
सम्मान को बदला मा अपमान पाए l


रंगिन दुनियाँ मा आफुलाई भुलाये

मुटु को जलन आसुँ ले निभाए l

चोट लुकाए मुहार हसिलो बनाए

यसै गरी मैले अटुट प्रयास गरी रहे l


घृणा को चोट लाई मुटु मा दबाए

पवित्र माया को सुबाश छर्के l

बेहोशी मन सम्हाली शान्ति खोजे

आखिर आफै घायल बनाए l


मौनता मा धेरै प्रश्न हरु तेर्साए

आफन्त को माझ मा आफु एक्लो पाए l

हरेक चेहरा मा आफ्नै प्रतिबिम्ब देखे

व्यर्थै आफुलाई केबल रित्याइ रहे l

रचियत: श्रीमती रुक्मिनी अमात्य
brussel




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 77 पटक हेरेको Add to Google Share