नेपाली जनसर्ंपर्क समन्वय समिति बेल्जियमको मिति २५ जुलाई २०१० का दिन स्पेन हुन गैरहेको बैठक एवं विस्तारित भेलाको पुर्ण सफलताको शुभकामना ज्ञापन गर्न चाहान्छु। विश्व धुव्रिकरण संगै नेपाली युरोपियन डायस्पोराको प्रजातान्त्रिक समन्वयकारी संगठनको दिनानुदिन औचित्य र आवाश्यकता बढ्दै गै रहेको महसुस भै सकेको छ । युरोपियन कन्टीनेन्टका नेपाली बसोबास गर्ने प्राय मुलुकहरुमा नेपाली जनसंपर्क समितिहरुको गठन, संस्थागत विकास भै सकेको अवस्थामा एक साझा, समन्वयकारी यस समिति र नेपाली काँग्रेसले नेपाली डायस्पोरालाई संबोधन गरेको अवस्था र बाह्रौ महाधिवेशनको पुर्व सन्ध्यामा सृजित नितिगत एवं प्राविधीक अप्ठ्याराहरुलाई सामुहिक शक्तिले संबोधन गर्नु पर्ने भएकोले यस विस्तारीत भेला ऐतिहाँसिक महत्वको हुने नै छ ।
जनसर्ंपर्क समितिहरुका नेतृत्वहरूको यस बैठक र विस्तारीत भेलाले नेपाली जनसर्म्पक समन्वय समितिमा रहेका चुनौतीहरुलाई नितिगत र कार्यनितीक दृष्टिकोणले स्पस्ट गर्ने छ । जनसंपर्क समितिहरुलाई नेपाली काँग्रेसले बैधानिक हिसावले स्वीकार गरेता पनि यसमा सहजता र सरलता छैन । नेपाली जनसंपर्क समन्वय समितिको एक्लो लवीले मात्र तलका चुनौतीहरुलाई भरखरै समाधान गर्न नसकियला तर डायस्पोराले यसमा बसह सुरु गर्न ढिला गर्नु हुदैन । जसलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१) नेपाली काँग्रेसको केन्द्रिय उजुरी छानविन समितिका संयोजक श्री नरहरी आर्चयको को परिपत्र अनुसार विदेशी नागरीकता लिएका गैर आवाशिय नेपालीहरु नेपाली काँग्रेसको कृयाशिल सदस्यता लिन, महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य हुन र जनसंपर्क समितिको पदाधिकारी हुन नपाइने निर्देशन डायस्पोरामा व्यवाहारिक र पारदर्शी नभएकोले यस संबन्धमा केन्द्रमा पुनरावोलकन हुनु पर्ने ।
२) डायस्पोरामा रहेका नेपाली जनसर्ंपर्क समितिहरुको हैषियत के त - इकाई, भातृ संगठन, विदेश विभाग को एक अंश - र जनसर्ंपर्क समितिको हैषियत क्षेत्रीय समिति अथवा जिल्ला समिति यस बारेमा नेपाली काँग्रेसको शंशोधित विधान २०६७ मौन रहेकोले यसबारेमा नितीगत निष्कर्षमा पुग्नु पर्ने ।
३) जनसंर्पक समितिबाट महाधिवेशन प्रतिनिधित्व भएता पनि केन्द्रिय समितिको उमेद्बार बन्न नपाइने व्यवस्था अन्यायी र संघ संगठनको विश्व व्यापी मान्यता विपरित रहेकोले यस संबन्धमा १२ महाधिवेशनमा उठान गर्नु पर्ने ।
४) जनसंपर्क समितिहरु गठन भई आधिकारीक रुपमा महाधिवेशन संपन्न भएका देशहरुमा ५०० कृयाशिल सदस्यता नपुगेको अवस्थामा कम्तिमा एक जनालाई १२ औ महाधिवेशनमा सहभागी गराउन केन्द्रिय समितिमा पहल गर्ने
५) जनसंपर्क समितिहरुमा ५०० कृयाशिल सदस्यता भए ता पनि महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्यहरुको लागि केन्द्रिय समितिले निर्णय गर्नु पर्ने व्यवस्था स्वेच्छाचारी तथा अन्यायी भएकोले शंशोधन हुनु पर्ने ।
६) जनसर्ंपर्क समन्व समितिको स्पस्ट कार्यदिशा, कार्यक्रम नभएकोले यसमा देखिएका कन्फुजनका बारेमा ठोस निष्कर्षा पुगि सवैलाई जानकारी गराउनु पर्ने । कम्तिमा गर्ने सकिने वाषिर्क कार्ययोजना, संगठन विस्तार, जनसर्ंपर्क समितिहरु गठन इत्यादी ।
७) यस समितिकेा प्रथम अधिवेशनबाट पारित भएको विधान र्सार्वजानिक गर्ने ।
वास्तवमा, नेपाली जनसर्ंपर्क समन्वय समितिले अपेक्षित सफलता प्राप्त गर्न नसेको कुरा सत्य हो । यस पछाडि विभिन्न कारणहरु होलान । यस समितिको कार्यशैली प्रति विभिन्न वृत्तहरुमा प्रश्न चिन्हरु खडा भै रहेका पनि छन् । २००७ को बर्लीन घोषणा पत्रको अकाट्य भावाना र मर्मको लक्ष्मणघेरालाई मध्यनजर गरेर आगामी कार्यदिशा तय हुनु पर्दछ । देशिय जनसर्ंपर्क समितिहरुको संस्थागत विकास, प्रजातान्त्रिक अभ्यास, र स्वतन्त्रा माथी हस्तक्षेप तथा कुठाघात हुन नसक्ने कुरा को विश्वस्तता दिलाउन म यस भेलालाई अनुरोध गर्दछु ।
जनसर्ंपर्क समितिहरु विचको सहकार्यता, सहयोग आदान प्रदान र जनसर्ंपर्क समितिहरुको गठन, महाधिवेशनमा उपस्थिती तथा सल्लाह सुझाव, संस्थागत विकास मा सहयोग जस्ता कार्यक्रमहरु यस समितिका वटमलाईन हुनु पर्दछ । समावेसी तथा समानुपातिक हिसावले यस समितिको विस्तार र हरेक कृयाकलापको पारदर्शिता तथा अग्रजहरुको साझा प्लेट र्फमको रुपमा विकास हुने कदम चालिनु पर्दछ । विगतमा यस समितिबाट देशिय जनसर्ंपर्क समितीका कृयाकलापमा हस्तक्षेप गर्ने कार्य भएकोले यसको अवधारणा, लोकप्रियता र उद्धेश्य प्रति आशंका रहेको कुरा हामी बाट छिपेको छैन यस कुरालाई यस भेलाले चिरफार गर्ने नै छ । तर्सथ यस भेलाले माथि उठान गरिएका ७ बुँदाहरुमा नितिगत रुपमा तार्र्किक निष्कर्षा पुग्ने छ र बर्लिन घोषणा पत्रको मर्मलाई कायमै राख्दै अझै समावेसी र वैज्ञानिक वार्सिलोना घोषणापत्र जारी होस भन्दै यस विस्तारित भेलाकेा पुर्ण सफलताको कामना गर्दछु ।
शालिकराम गौतम
नेपाली जनसर्ंपर्क समिति, बेल्जियम
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 1
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 150 पटक हेरेको
Share