आज नेपालमा :

फेसबुकका प्रयोगकर्ता ५० करोड नाघे
[ Posted on 25th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

सोसल नेटवर्किङ वेबसाइट फेसबुकका सदस्य संख्या ५० करोड नाघेको छ । सन् २००४ मा सुरु भएको यो वेबसाइटमा पछिल्लो ६ महिनामा मात्र १० करोड नयाँ सदस्य थपिएका छन् । फेसबुकले यो संख्यालाई महत्त्वपूर्ण उपलब्धि भन्दै सबै प्रयोगकर्ताप्रति आभार व्यक्त गरेको छ ।

विभिन्न अध्ययनले पछिल्लो समयमा इन्टरनेट प्रयोग गर्ने र आफ्नो जानकारी एक-अर्कामा आदान-प्रदान गर्नेको संख्या निकै बढेको देखाएको छ । स्टुअर्ट माइल्स नामक संस्थाले भनेको छ, 'फेसबुकको सुरुवात सामान्य कुरा थियो, तर विस्तारै यसको लोकपि्रयता बढ्दै गयो र मानिसले एक-अर्कालाई फेसबुकमा आउन आग्रह गर्ने क्रम निकै बढ्यो ।' माइल्सले फेसबुकका प्रयोगकर्ता ७५ करोड पुग्न धेरै समय नलाग्ने दाबी गरेको छ ।

फेसबुकको लोकपि्रयता बढ्दै गएपछि यसका प्रतिद्वन्द्वी वेबसाइट विस्तारै कमजोर हुँदै गएका छन् । कुनै समय सोसल नेटवर्किङको दुनियाँमा निकै लोकपि्रय भइसकेको माइस्पेस अब मात्र साढे ६ करोड सदस्यमा सीमित भएको छ । यस्ता अन्य वेबसाइटले पनि अस्तित्व बचाउन निकै चुनौती खेपिरहनुपरेको छ । टि्वटरले भने फेसबुकलाई विस्तारै पछ्याइरहेको छ ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 105 पटक हेरेको Add to Google Share