देशका ७२ जिल्लामा नेपाली कांग्रेसको गाउँ र नगर अधिवेशन आइतबार सम्पन्न भएको छ। भक्तपुरमा क्रियाशील सदस्यता विवाद रहेको र कालिकोट तथा मुगुमा तयारी पूरा नभएका कारण तीन जिल्लामा भने अधिवेशन पछि सारिएको छ।
नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन साउन १५ गते र जिल्ला अधिवेशन साउन २७ गते हुने कार्यक्रम छ। नेपाली कांग्रेसको भदौ १० देखि १४ गतेसम्म काठमाडौंमा हुने बाह्रौं महाधिवेशनमा ७५ जिल्ला र प्रवासबाट ३ लाखभन्दा बढी क्रियाशील सदस्यले करिब ३ हजार महाधिवेशन प्रतिनिधि चयन गरेर पठाउने छन्।
महाधिवेशनमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र कावा सभापति सुशील कोइराला प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। आफ्नो पक्षका महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रतिस्पर्धामा क्रियाशील सदस्यता दिँदा अपनाउनुपर्ने विधिहरुलाई समेत धेरै जिल्लामा बेवास्ता गरिएको र पार्टीको एकाइ जिल्ला वा क्षेत्रबाट सिफारिस नभई जथाभावी क्रियाशील सदस्यता थपिएको पाइएको छ।
काठमाडौंको २७ वडामा ६ महिनाअगाडि नै मृत्यु भइसकेका सुरेन्द्रवीर कंसाकारलाई क्रियाशील सदस्यता दिइएको विषयमा पनि आइतबार विवाद भएको थियो। नेपाली कांग्रेसमा क्रियाशील सदस्यता पाउन वा नवीकरण गर्न फारम भर्नुपर्ने अवस्थामा मृत्यु भइसकेका व्यक्तिको कसले फारम भरेर नवीकरण गरियो भनेर विवाद भएको अर्का क्रियाशील सदस्य पुरुषोत्तम श्रेष्ठले जानकारी दिनुभयो।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 61 पटक हेरेको
Share