आज नेपालमा :

तपाईँ पनि अपहरणमा पर्नुहोला नि
[ Posted on 26th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

तपाईँ युवती हुनुहुन्छ? अनि चिटिक्क परेर घर बाहिर कुनै पनि काममा निक्लँदै हुनुहुन्छ? सावधान, रहनुहोस् किनकि तपाईँ जनुसुकैबेला अपहरणमा पर्न सक्नुहुन्छ।
राजधानीमा यस्तो गिरोह पत्ता लागेको छ कि जुन गिरोहको नजरमा तपार्इँ पर्नुभयो भने तपाईँको जीवन बर्बादीमा मात्र हैन सिङ्गो समाज नै अप्ठ्यारोमा पर्नसक्छ।
ललितपुर प्रहरीले पहिलो पटक पक्राउ गरी आज सार्वजनिक गरेको एउटा घटना विवरण सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले सिङ्गो राज्यलाई नै चुनौती दिइरहेको छ। ललितपुर प्रहरीले पहिलो पटक सार्वजनिक गरेको उक्त खतरनाक गिरोहमा संलग्न एक युवक र तीन युवती को कुकृत्यलाई मात्र बुझे पुग्छ।
यस्तै घटनाको सिकार बनिन् काठमाडौंँ गागलफेदी घर भई हाल काठमाडौंँ महानगरपालिका–४ बस्ने १७ वर्षीया एक युवती।
चार अभियुक्तले उनलाई लगनखेलस्थित होली भिजन एकेडेमी स्कुल छेउबाट डर र धम्की देखाएर अपहरण गरी ललितपुर ज्वागलस्थित सलोनी राईको कोठामा राखी बन्धक बनाएका थिए।
संयोगवश उनले बन्धन तोडी अपराधीको कठघराबाट भाग्न सफल भई ललिपुर प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो।
अभियुक्तमध्ये सलोनी पहिला पनि पक्राउ परेर छाडिएकी हुन् भने सुनिता मगर पनि पहिला वेश्यावृत्तिमा संलग्न भई पक्राउ परेर छाडिएकी हुन्।
सलोनीले ज्वागलस्थित कोठामै कोठी सञ्चालन गरेको र अन्यत्र समेत युवती आपूर्ति गर्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयो –“यिनीहरुले कोठी सञ्चालन गरी अन्यत्र समेत युवती आपूर्ति गरेको हुनसक्छ, अनुसन्धानका क्रममा केही त्यस्त्ाा प्रमाण समेत भेटिएका छन्, पछि सबै थाहा हुन्छ।”
अभियुक्तको साथबाट प्रहरीले बेहोस बनाउने एक थान क्यान्वन एन्टी एट्याक स्प्रे, विभिन्न ब्रान्डका कन्डम, विभिन्न २० थान सिडी र रु. ३० हजार बरामद गरेको थियो।
उनीहरु कुनै पनि राम्री, चिटिक्क परेकी युवतीलाई देख्नासाथ साथमा बोकेको क्यान्वन नामको एन्टी स्प्रे प्रेस गर्छन् जसको गन्धले युवतीको आँखा बन्द हुन्छ र उनी बेहोस हुन्छिन्, उनलाई ट्याक्सीमा हालेर गन्तव्य पुर्‍याउँछन्।
सुनसरी धरान स्थायी घर भएकी ३५ वर्षीया सलोनी, धरानकै १७ वर्षीया सुस्मिता लिम्बु र मकवानपुर स्थायी घर भई हाल ललितपुर जावलाखेल बस्ने २१ वर्षीया सुनिता मगर तथा चितवन वीरेन्द्रनगर स्थायी घर भई हाल काठमाडाँैं महाराजगन्ज बस्ने २५ वर्षीय नवीन लामा यो गिरोहमा संलग्न रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको हो।
नियन्त्रणमा लिइएका चार अभियुक्त ठूलो आपराधिक गिरोहमा संलग्न रहेको हुनसक्ने आफूहरुको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंँह थापाले बताउनुभयो।
“यिनीहरु ठूलो खतरनाक गिरोहमा आबद्ध हुनसक्छन्, प्रारम्भिक अनुसन्धानका क्रममा हामीले यो अनुमान गरेका छौँ, आवश्यक अनुसन्धानपछि सबै पत्ता लाग्छ।”–थापाले भन्नुभयो।
प्रहरी उपरीक्षक थापाका अनुसार अभियुक्तले राम्रा युवतीलाई एन्टी स्प्रे प्रयोग गरी ट्याक्सीमा राखेर गन्तव्य पुर्‍याएर अनेकौँ यातना दिई जबर्जस्ती कामामा लगाउने गरेका गरिएको छ।
अभियुक्तलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतमा पेस गरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 87 पटक हेरेको Add to Google Share