आज नेपालमा :

दलका अध्यक्ष चार चार महिनामा पालैपालो प्रधानमन्त्री बन्न अधिकारीको सुझाव
[ Posted on 26th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

नेकपा एमालेका स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले प्रमुख तीन दलहरुले पालैपालो गरी ४/४ महिनामा दलका अध्यक्ष प्रधानमन्त्री वन्ने र मधेसवादी दललाई पनि साथमा लिएर जानुपर्ने अवधारणा ल्याएका छन् ।
आइतबार एक सँचारमाध्यमसँग कुरा गर्दै अधिकारीले भने – चारवटा उप-प्रधानमन्त्री बनाऔँ, तीन दलका एक/एक र मधेसवादी दलबाट एक। यो नयाँ मोडेलले मात्रै राष्ट्रिय सहमतिमा शान्ति र संविधान लेखिन्छ ।
पहिलो चरणको निर्वाचनमा अध्यक्ष झलनाथ खनालका पक्षमा ४ सय १ सभासद्को हस्ताक्षर जुटाउन सक्रिय अधिकारीले बहुमतीय प्रक्रियाले दलबीच र आन्तरिक विग्रह बढाएको बताए।
एकीकृत नेकपा माओवादीले हतियारको राजनीति गरिरहेको भन्दै उसले हतियार नत्यागरेसम्म सरकारको नेतृत्व दिन नहुने उनको भनाइ रहेको थियो । समन्वयकारी दलको हैसियतमा पहिले नेकपा एमालेले सरकारको नेतृत्व गर्न पाउनु पर्ने उनले बताए ।
सहमतिको सरकार निर्माण गर्नु अहिलेको आवश्यक्ता भएकाले यसको पहिलो शर्त संविधान निर्माण र शान्ती प्रक्रयालाई टुङ्गोमा लगाउनु भएको उनले बताए ।
नेकपा एमाले तटस्थ बसेर मुलुकलाई बन्दी बनाएको आरोप आएको स्विकार्दै अधिकारीले बहुमतको सरकार बनाउन एमालेले नरोकेको बताए। 'एमालेले सहमतीय सरकार भनेर मूल्यको राजनीति गरेको हो,' उनले भने, 'माओवादी-मधेसवादी वा कांग्रेस-माओवादी मिलेर बहुमतीय सरकार बनाउन एमालेले रोकेको छैन।'




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 1 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 125 पटक हेरेको Add to Google Share