आज नेपालमा :

प्रेमीसँग बस्न श्रीमानको हत्या !
[ Posted on 26th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

श्रीमानको हत्या अभियोगमा थुनामा रहेकी समीना तामाङले प्रेमीसँग बस्न हत्या गरेको बयान दिएकी छिन्।


महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेकी उनले 'बिहे नै गरेको छैन भनेर झुक्याई विवाह गरेकाले प्रेमीसँग बस्न श्रीमानको हत्या गरेको' बयान दिएको अनुसन्धान अधिकृत पुष्कर चन्दले बताए।

१८ वर्षीया समीना र ३७ वर्षीय हर्षबहादुर थापा(विक)बीच डेढ महिनाअघि मात्र बिहे भएको थियो। चन्दका अनुसार समीनाले 'श्रीमती र २ सन्तान हुँदाहुँदै झुक्याएर बिहे गरेपछि वास्ता नगरेकाले हत्या गरेको' बयान दिएकी छिन्।

साउन ६ गते सतुंगलस्थित डेरामा सलले गला कसेर हत्या गरिएको अवस्थामा हर्षको शव फेला परेको थियो। उनको हत्या अभियोगमा प्रहरीले भोलिपल्टै समीनालाई नुवाकोटबाट पक्राउ गरेको थियो। समीनाले प्रेमीलाई नछोडेको र हर्ष जेठी श्रीमतीकहाँ गइरहेने गरेकाले दुवैबीच विवाद हुँदा हत्या भएको प्रहरी अधिकारी बताउँछन्।

प्रहरीका अनुसार समीनाले श्रीमान् नभएको बेला आफ्ना प्रेमी अजय तामाङलाई कोठामै बेलाउने गरेको खुलेको छ। उनले बयानमा 'हर्षले झुक्याएर बिहे गरेको बताएपछि प्रेमी तामाङले हर्षलाई छोड म बिहे गर्छु भनेको' बताएकी छिन्।

प्रहरी निरीक्षक चन्दका अनुसार साउन ६ गते बिहान 'खाना पकाएर राख्नु म आउ"छु' भनेर हिँडेका हर्ष बेलुका मदिरा र मासु लिएर आएपछि झगडा सुरु भएको थियो।

'उनी बाहिरबाटै रक्सी खाएर आएका थिए। जेठी श्रीमतीकहाँ गएको शंका लाग्यो। राति एक बजेसम्म झगडा भयो। रक्सीले मातिएर सुतेपछि रीस उठ्यो। उसले धोका दिएको कुरा मनमा खेलिरह्यो,' समीनाको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, 'तामाङले उसलाई छोड सँगै बसौं भनेको सम्भि्कएँ र विस्तारै सिरानबाट हात छिराएर घाँटीमा सल बेरेर नजिकैको झ्यालको डन्डीमा बाँधी दिए। उ चल्न छोडेपछि बाहिरबाट चुकुल लगाएर भागें।'


हत्याको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले डेढ महिनाअघि बिहे भएको र श्रीमती सम्पर्कविहीन रहेको तथ्यको आधारमा समीनाको खोजी सुरु गरेको थियो। उनको माइत नुवाकोट रहेको खुलेपछि प्रहरीले श्रीमान्को हत्या गरी भागेकी समीनालाई नुवाकोट प्रहरीको समन्वयमा पक्राउ गरेको हो।


समीनालाई कर्तव्यज्यानको अभियोगमा जिल्ला अदालतबाट अनुसन्धानका लागि थप म्याद लिई हिरासतमा राखेको प्रहरी निरीक्षक चन्दले बताए। हत्यामा संलग्न रहेको आशंकामा उनका प्रेमी अजय तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 298 पटक हेरेको Add to Google Share