आज नेपालमा :

ज्ञानेन्द्रको कार्यक्रममा पत्रकार कुटिए
[ Posted on 26th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

पूर्व राजा ज्ञानेन्द्रको समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई सुरक्षाकर्मी र स्थानीयले सोमबार कुटपिट गरेका छन् । ज्ञानेन्द्र भक्तपुरस्थित चितपल-७ मा आयोजित महायज्ञको समापनमा पुगेका थिए ।

ज्ञानेन्द्रसंग प्रतिक्रिया लिन लाग्दा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा यज्ञ व्यवस्थापन समितिका मानिसहरुले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट समेत गरेका हुन् । कुटपिटबाट काभ्रे पत्रकार महासंघका सभापति भोला थापा,काभ्रे कान्तिपुरकर्मी मनोज वस्नेत हातमा चोट लागेर घाइते भएका छन् । भक्तुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ । त्यहाँ भक्तपुर र काभ्रेका संचारकर्मी रिपोर्टिङका लागि पुगेका थिए ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 183 पटक हेरेको Add to Google Share