आज नेपालमा :

पूर्व राजाद्वारा दुःख व्यक्त
[ Posted on 27th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सहभागी कार्यक्रममा सञ्चारकर्मीमाथि भएको दुव्र्यहारप्रति दुख व्यक्त गरेका छन् । उनका निजी सचिव फणि पाठकले मंगलबार विज्ञप्ति जारी गरेर दुख व्यक्त गरेका हुन् ।

भक्तपुरको चित्तपोल- ७ भंगालमा आयोजित महायज्ञ समापनमा गएका बेला पूर्वराजाका सुरक्षाकर्मीले सोमबार सञ्चारकर्मी माथि कुटपिटसहतिको दुव्यवहार गरेकेा थिए । 'लटरम्मेश्वर शिव मन्दिर निर्मानार्थ सञ्चालन गरिएको महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागि भई फिर्ता हुने क्रममा आयोजक, सञ्चारकर्मी र सुरक्षाकर्मी बीच घटेको दुखद घटना प्रति दुख व्यक्त गरेको छ,' पूर्व राजाका स्वकीय सचिव पाठकद्वारा जारी विज्ञप्तिमा छ ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 221 पटक हेरेको Add to Google Share