आज नेपालमा :

बहुमतीय सरकारले मुलुकलाई निकास दिन नसक्ने : उपाध्यक्ष भट्टराई
[ Posted on 28th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले साउन सत्र गते हुने प्रधानमन्त्री निर्वाचन अगाडि नै राष्ट्रिय सरकारका लागि सैद्धान्तिक सहमति नभए सत्र गतेपछि राष्ट्रिय सहमतिका लागि वैकल्पिक मार्ग अपनाउनु पर्ने बताउनु भएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश र्फकन लाग्नु भएका नेपालका लागि बेलायती राजदूत एण्ड्रियु हलसँग आज विहान आफ्नै निवासमा कुरा गर्दै उपाध्यक्ष भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधान लेखनको जिम्मेवारी पूरा गर्न नसक्ने बताउनु भएको हो। उहाँले राष्ट्रिय संयुक्त सरकारको विकल्प नभएको दोहोर्‍याउनु भयो। मुख्य राजनीतिक दल सहभागी राष्ट्रिय संयुक्त सरकारले मात्रै शान्ति र संविधान लेखन प्रक्रियालाई पूर्णता दिनसक्ने भट्टराईको भनाइ थियो। भेटमा राजदूत हलले विद्यमान राजनीतिक गतिरोध अन्त्य र प्रधानमन्त्री चयनमा भैरहेको ढिलाईका बिषयमा जिज्ञासा राख्नु भएको थियो। राजदूत हल यसै साता स्वदेश फर्कदै हुनुहुन्छ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 75 पटक हेरेको Add to Google Share