आज नेपालमा :

जापानका कुख्यात अपराधी नेपालमा पक्राउ
[ Posted on 28th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

नेपाललाई लागू औषध तस्करहरुले सुनौलो भूमिका रुपमा प्रयोग गरिरहेको भन्ने समाचार बाहिर आइरहेकै बेला जापान सरकारले खोजीको सूचीमा राखेको जापानी नागरिक हिरोकाजु तामुरालाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ कार्यालयले लागूऔषध चरेशसहित विमानस्थलबाट पक्राउ गरेको छ।

काठमाडौंबाट बैंकक जान लागेका हिरोकाजुलाई प्रहरीले १ केजी २ सय ग्राम चरेशसहित पक्राउ गरेको हो। जापानको माफिया समूह इमाकावाको सदस्य रहेका हिरोकाजु यसअघि ९ पटक नेपाल आएको र उनले नेपालको भूमि प्रयोग गरी लागू औषधको कारोबार गर्ने गरेको आशंका सो एकाइले गरेको छ। जापानमा याकुजा नामले प्रसिद्ध यामागुची गुमी सुमियुसी काई र इमाकावा काई नाम गरेका माफिया समूहले जापानमा बसेर संसारभर आफ्नो साजाल फैलाउन सफल सो समूहका सदस्य यसअघि नेपालमा पक्राउ परेको थियो।

जापानलगायत विश्वभरका विभिन्न मुलुकमा आफ्नो साजाल फैलाउन सफल सो समूहले लागू औषध हतियार तस्करी मानव ओसारपसारलगायत विभिन्न किसिमका अपराध साचालन गर्ने गरेको बताइएको छ। थाई एयरको उडानबाट बैंकक जान लागेका हिरोकाजुलाई झोलाभित्र लुकाई लैजान लागेको अवस्थामा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो।

पक्राउ परेका हिरोकाजुको शरीरमा भएको टाटुको आधारमा सोधपुछ गर्दा उनी जापानको माफिया समूहको सदस्य भएको जानकारी दिएपछि प्रहरीले जापान सरकारसँग उनका बारेमा सोधपुछ गर्दा माफिया समूहको सदस्य रहेको तथ्य पत्ता लागेको सो एकाइका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशराज राईले जानकारी दिनुभयो।

जापानमा आफूलाई राष्ट्रभक्त नागरिकको रुपमा प्रस्तुत गर्ने याकुजा माफिया समूहले जापान सरकारलाई समेत बेलाबेलामा टक्कर दिने गरेको नेपाल प्रहरीले जानकारी दिएको छ।
जापानबाट भागेर थाइल्यान्डमा बस्दै आएका हिरोकाजुले त्यहाँबाट एसिया युरोप तथा अमेरिकामा आफ्नो व्यवसाय साचालन गर्ने गरेको पछिल्लो १५ दिनअघि नेपाल आएर ठमेलस्थित ³यापी होम गेस्टहाउसमा बस्दै आएका हिरोकाजुले लागू औषध कारोबारमा नेपाली माफियाहरुसँग छलफल गरेर बैंकक जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनको सम्पर्कमा रहेका नेपाली माफियाको खोजी भइरहेको जानकारी दिएको छ। नेपाल प्रहरीले उनका बारेमा जापान सरकारसँग समन्वय गरेर याकुजा समूहको सम्पर्कमा रहेका अन्य समूहको पहिचान गरी उनीहरुविरुद्ध अभियान साचालन गर्ने जानकारी दिएको छ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 204 पटक हेरेको Add to Google Share