आज नेपालमा :

बुसलाई जुत्ता हिर्काए वापत तीन वर्ष कैद
[ Posted on 12th of March ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशलाई जुत्ता हिर्काउने पत्रकारलाई तीन वर्षको कैद सजाय सुनाइएको छ। यो मुद्दाको सुनुवाइ इराकी राजधानी बगदादमा चलिरहेको थियो। सुनुवाइका क्रममा बिहीबारै पत्रकार मुन्तदर अल जइदीले आफु जुत्ता हिर्काएकोमा गल्तीबोध नगर्ने अडान अदालतमा लिएका थिए।
´कुनै पनि इराकीले यो कामका निम्ति गल्तीबोध गर्दैनन्´, न्यायाधिससामू जइदीले भनेका थिए,´मेरो अडान स्वाभाविक हो।´
बुशलाइ जुत्ता प्रहार गरिएपछि उनलाइ अरव जगतले ´हिरो´का रूपमा चित्रित गर्न थालेको थियो। जइदीका तर्फबाट बहस गर्ने वकिलले पनि उनका कामलाइ सन् २००३ यता इराकमा अमेरिकी हस्तक्षेप पछि एउटा मुलुकको सहज प्रतिक्रियाका रूपमा प्रस्तुत गरेका थिए।
इराकी अदालतमा यो मुद्दा पुगेपछि अदालतले पहिले बुश त्यतिबेला सरकारी निमन्त्रणाका पाहुना भए नभएको बारे क्याबिनेटसँग सोध्नुपर्ने निश्कर्ष निकालेको थियो। सरकारी पाहुना भएका विदेशी नेता भएको ठहर भइदिएको भए र जइदीमाथिको गल्ती साबित भइदिएको भए इराकको कानुन अनुसार ७ देखि १५ वर्षको कैद सजायको ब्यवस्था थियो। तर सरकारी निम्तो नभइ कुनै विदेशी राष्ट्रप्रमुखको मात्र अपमान गरिएको अवस्थामा दुइ वर्ष जेल र जरीवानाको समेत प्रावधान थियो।
अदालतमा बोल्दा जइदीका वकिलले जुत्ताको प्रहारबाट कसैको ज्यान नजाने र पश्चिमा मुलुकहरूमा अण्डा वा गोलभेंडा हिर्काएर असन्तुष्टि जाहेर गरिए झैं जुत्ता हिर्काउनु ´इराकी शैली´ भएको उल्लेख गरेका थिए।
पदावधि सकिने बेलामा इराक भ्रमण पुगेका बुशलाइ १५ डिसेम्बरको पत्रकार सम्मेलनमा जइदीले १० नम्वरका दुवै जुत्ता प्रहार गरेका थिए। प्रहार गर्ने बेलामा उनले बुशलाइ ´कुकुर´ भन्दै ´विदाइको चुम्बन स्वीकार गर´ भनेर हिर्काएका थिए। त्यस लगत्तै इराकी सरकारले त्यस घटनाका निम्ति खेद प्रकट गरेको थियो भने अरव राष्ट्रहरूले खुशीयाली मनाउँदै जइदीलाइ नायक घोषित गरेका थिए।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 1365 पटक हेरेको Add to Google Share