आज नेपालमा :

पोर्चुगल आउने वर्षको जनवरीमा इमिग्रेशन खोल्न सक्ने
[ Posted on 26th of November ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

आउने वर्षको जनवरीमा पोर्चुगलमा इमिग्रेशन खोल्ने तयारी भैरहेको पोर्तो सेफका गुप्तचर प्रहरी प्रमुखले बताएका पोर्चुगल बाट प्रकासन हुने अन्लाईन मिडिया पोर्तो नेपाल ले जनाएको छ । रुवा जोआओँ क्वात्रोका भिसा विभाग हेर्ने प्रमुख जाइमे कोस्ताले यो कुरा बताएका हुन् ।

सन् ०९मा लगातार काम गरेका सेगुरान्सा नियमित तिरेका आइआरएस क्लियर गरेका र कुनै अपराधमा सँलग्न नभएकालाई भिसा दिने गरी नयाँ नियम जनवरीमा आउँदैछ उनले भने ।

आन्तरिक रुपमा आएको यो सर्कुलर बाहिर प्रकाशित भने भैसकेको छैन । आन्तरिक तयारी भएको हो आदेश नदिनू भन्ने माथिको परिपत्र छ जाइमेले भने ।
जाइमेले भेटको आखिरीमा बीचमा ठूलै परिवर्तन नभए हामीकहाँ थन्किएका सयौँ फाइलहरुलाई सदर गर्ने थियौँ । गैर कानूनी रुपमा काम गरिरहेका विदेशीहरुको बारेमा सेफलाई जानकारी भएको तर माथिको आदेश नहुँदा त्यत्तिकै थन्किएको पनि उनले बताए ।

यससम्बन्धी कानून व्यवसायी आन्तोनियो बारोसलाई सोध्दा पोर्चुगलका पुलिसको बोलीको केही ठेगान छैन भन्ने जवाफ फर्काए । सेफको भित्तामा नटाँसीँदासम्मपुलिसको बोलीको पत्यार गर्न नहुने उनको भनाइ थियो ।

विभिन्न सँघ सँस्थाको दबाब र युरोपेली युनियनको निर्देशनको कारण पनि भिसा नभएकालाई भिसा दिन यो सरकार वाध्य हुनुपर्ने उनको तर्क छ । 




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 1062 पटक हेरेको Add to Google Share