पीडितका पक्षबाट मुद्दा दायर नभएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले हाडनाता करणीका अभियुक्तलाई रिहा गरेको छ । प्रहरी स्वयंले व्यक्तिवादी फौजदारी मुद्दा चलाउन नमिल्ने भएका कारण त्यस्ता अभियुक्त छुटेका हुन् ।
आफ्नै छोरीलाई बलात्कार गरी गर्भवती बनाउने दोलखा माली गाविस— ८ का ५३ वषर्ीय कृष्णबहादुर खड्का र फुपूलाई बलात्कार गरी गर्भवती बनाउने सोही स्थानका १५ वषर्ीय किशोर सुमन खड्का रिहा भएका हुन् । दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञविनोद पोखरेलले सामाजिक बहिष्कार गरिएका कारण कुनै अपि्रय घटना नहोस् भनेर घटनामा संलग्नलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याएर राखिएको र कुनै उजुरी नपरेपछि आफन्तजनलाई जिम्मा लगाएर पठाइएको जानकारी दिए ।
प्रहरीले पीडक र पीडित दुवैलाई आफन्तको जिम्म्ाा लगाएर पठाएपछि पीडित युवतीको भविष्य अँध्यारो भएको छ । यता, पीडकले उन्मुक्ति पाउने भएका छन् ।
यसैबीच सो हाडनाता करणीलाई दोलखाका सिंगो महिला समुदायले महिलामाथिको क्रूर हिंसा र जघन्य अपराधका रूपमा लिएका छन् । दोलखाका महिला नेतृ तथा अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले पीडित महिलालाई न्याय दिलाउन लागिपर्ने बताइन् । यसैगरी माइती मञ्च दोलखाकी अध्यक्ष पार्वती खड्काले पनि पीडकमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने भन्दै त्यसका लागि आफूहरूले पहलकदमी गर्ने प्रतिबद्धता जनाइन् । इन्सेक नेपालका दोलखा प्रतिनिधि उद्धव पोखरेलले यो घटना जघन्य रहेको भन्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाही गराएरै छाड्ने प्रतिक्रिया दिएका छन् ।
तर, घरेलु यौनजन्य हिंसा सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि पीडितका पक्षबाट मुद्दा लडिदिन कुनै संघ/संस्था वा व्यक्तिले सहयोग गरेका छैनन् । अदालतले दोषी ठहर गरेमा पीडक कृष्णबहादुरलाई १० वर्ष र अर्का पीडक सुमन खड्कालाई दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी प्रावधान छ ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 1123 पटक हेरेको
Share