एन.आर.एन. बेल्जियमले यही मिति १२ /१३ जुन २०१० मा नेपाल मेला को आयोजना गर्ने मिति १० जनवरी को कार्यसमितिको निर्ण्र्ााअनुसार स्थान छनौट र प्रभावकारी व्यवस्थापनका लागि गत सोमवार १८ जनवरी का दिन नेपाली दुतावासमा भएको छलफलले लुभेनमा गर्ने सहमति भएको छ ।
नेपालको कला सँस्कृतिको पहिचान तथा देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले गर्न लागिएको "नेपाल मेला २०१०" नेपाल पर्यटन वर्ष२०११ को पर्ुव सन्ध्यामा हुन गइरहेको यो मेला बिशेष महत्व राख्ने भएकाले बेल्जियम स्थित सम्पर्ूण्ा नेपाली संघ सँस्था तथा नेपाली दाजुभाई दिदिबैनीहरु एकबद्ध भएर भब्य रुपमा सम्पन्न गर्न एन आर एन ,बेल्जियम सबैमा हार्दिक अनुरोध गर्दछ ।
पुनश्च ः
उक्त मेलाको तयारीका लागि मिति १९ फेब्रवरी २०१० शुक्रवारका दिन अपरान्ह १४,०० बजे महामहिम राजदुतको निवासमा बेल्जियम स्थित सम्पर्ूण्ा नेपाली संघ सँस्थाका प्रतिनिधिज्यूहरु तथा इच्छुक नेपाली दाजुभाई दिदिबैनीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं ।
एन आर एन , बेल्जियम
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 727 पटक हेरेको
Share