|
आज नेपालमा
:
साप्ताहिक राशिफल ( २० फेब्रुअरी २०१२ देखि २६ फेव्रवरी २०१२ ) मेष राशितपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस हुनसक्छ।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। प्रेममा सफलता प्राप्ति होला।नयाँ कामको सुरुवात गर्ने अवसर प्राप्त होला।आफ्नै सहयोगीहरुको आलोचना खप्नपर्ने हुनसक्छ।सामाजिक कार्यका योगदान गर्ने अवसर प्राप्त होला। बृष राशि हप्ताको शुरुमा केही समस्याहरु देखिन सक्छ।परिवार तथा नजिकका मित्रहरुबाट कम मात्र सहयोग प्राप्त होला। पारिवारिक समस्याले केहि निराशा ल्याउन सक्नेछ।धनमाल हराउने तथा शारिरमा घाउचोट लाग्न सक्ने भएकाले ध्यान दिनुहोला।आम्दानिको स्रोतमा कुनै कमि आउने छैन यद्यपि अनावश्यक खर्च हुनसक्ने सम्भावनालाई भने नकार्न सकिन्न।सार्वजनिक रुपमा तपाईँको प्रशंसा हुनसक्छ। सामाजिक कार्यमा मन जानेछ। मिथुन राशि यो साता धन आर्जन हुने योग परेको छ।नयाँ ठाउँमा जाने अवसर मिल्न सक्नेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।नोकरीमा समस्या आउन सक्छ।सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्ने हुनसक्छ।तपाईंका प्रशंसकहरु बढ्नेछन्।प्रेम सम्वन्धमा सुधार आउनेछ। कर्कट राशि यो साता मध्यम किसिमको हुनेछ।मनमा अनावश्यक कुराहरु आउन सक्छ। आय आर्जन राम्रो हुनेछ।परिवारका सदस्यहरुवाट सहयोग प्राप्त हुनेछ। नयाँ काममा संलग्न हुने अबसर प्राप्त होला।तर शत्रुहरुको भने सामना सामना गर्नपर्ले हुनसक्छ।अध्ययन अध्यापनमा ध्यान कम जानेछ। स्वाथ्यमा स-सानो समस्या देखिन सक्छ।प्रेम सम्वन्धमा तपाईँलाई सफलता प्राप्त हुनेछ।आलोचनाबाट मुक्त रहने कोशिस गर्नुहोला। शिंह राशि तपाईँको यो हप्ता राम्रो रहनेछ।नयाँ बस्तु खरिद बिक्रि हुन सक्छ।नयाँ सम्बन्धको सुरुवात हुने योग छ।अरुको सहयोगमा सफलता हात लाग्नेछ।शत्रुहरुको मनोबल कमजोर हुनेछ।उत्साहजनक रुपले समय वित्नेछ।ब्यक्तिगत काममा कठिनाई उत्पन्न भएतापनि सवैको सहयोग प्राप्त होला।अनाबश्यकरुपले धन सम्पत्ति खर्च हुनसक्छ।शारिरमा आलश्यता उत्पन्न नहोला भन्न सकिन्न। कन्या राशि यो साता तपाईँको लागि लाभप्रदायक हुनेछ।मित्रजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण हुने सम्भावना छ।मनमा प्रशन्नता बढ्नेछ।परिवारका सदस्यहरुबाट प्रचूर मात्राका माया प्राप्त गर्नुहोला।सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ। शाररीक रुपले तपाईँमा कुने समस्या हुने नभएतापनि मानसिक रुपले तनाव सृजना हुनसक्नेछ।यो हप्ता तपाईलाई आर्थिक लाभ प्राप्त हुन सक्नेछ। तुला राशि तपाईँको यो हप्ता सुखद रहनेछ।शारिरीक एवं मानसिक रुपले मजबुत भएको अनुभव गर्नुहुनेछ।जोश जाँगर बढ्नुका साथै सकारात्मक विचारहरु आउनेछन्।तपाईको दैनिक आयमा बृद्धि हुनसक्छ।आत्मीयजनसँग भेटघाट हुने प्रवल सम्भावना छ।विश्वास गरेको मानिसबाट धोका हुनसक्छ।हतियारहरुवाट सहज रहनुहोला।यद्यपि नयाँ कार्यको सुरुवात हुनुका साथसाथै आत्मविश्वास बढ्नेछ। बृश्चिक राशि तपाईको यो हप्ता सुखद रहनेछ।धन सम्पति प्राप्त हुनसक्छ। अध्ययनमा विषेश ध्यान जाला। व्यपार व्यवसाय मध्यम रहनेछ।आफन्तजनबाट सहयोग प्रान्त होला।मेवा मिठान्न भोजन प्राप्त हुने योग छ।प्रेममा वाधा उत्पन्न हुनसक्छ।अध्ययन अध्यापनमा सोचे अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ तर सृजनात्मक कार्यमा भने विशेष अभिरुचि बढ्नेछ।तपाईँ माथि रिस गर्ने मानिसहरु बढ्नेछन्। धन राशि तपाईको यो हप्ता उपलब्धिमुलक बन्नेछ।मित्रजनबाट सहयोग प्राप्त होला।अध्ययन अध्यापनमा सफलता प्राप्त होला। व्यापार व्यवसायका उल्लेख्य फाईदा हुने योग छ।सामाजिक कार्यका समावेश हुने अवसर प्राप्त होला।नयाँ कामको थालनी गर्न सक्नुहुन्छ।मनोरञ्जनात्मक काममा रुचि जाने छैन।मानसिक रुपले पिडाको अनुभव हुनसक्छ।तपाईको सामाजिक मर्यादा बढ्नेछ। मकर राशि यो हप्ता तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा समय वित्नेछ।मनग्य धन आर्जन हुनसक्ने सम्भावना छ।थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ तर मित्रजनबाट भने आशातित सहयोग पाउन कठिनाई हुनेछ।शरिरमा चोट पटक लाग्न सक्नेछ।नयाँ कार्यको थालनी हुने सम्भावना रहेको छ।सामाजिक सेवामा पद पाउने सम्भावना छ। कुम्भ राशि तपाईँको लागि यो साता मध्यम किसिमको हुनेछ।पर्याप्त मात्रामा धन लाभ भएतापनि खर्च कम हुनेछैन।आफूले विश्वास गरेका मानिसहरबाट धोका हुनसक्छ।अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ।सृजनात्मक विषयमा तपाईँको ध्यान जानेछ।कुरा काट्नेहरु प्रसस्त हुनेछन्।काम गर्ने जोश जाँगरमा बृद्धि हुनेछ।प्रेममा सकारात्मक संकेतहरु देखा पर्नेछन्।भ्रमणको अवसर प्राप्त हुनसक्छ। मीन राशि यो साता धन आर्जन हुने योग परेको छ। साथै खर्च कम हुनेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।शारिरिक रुपले कमजोरीपनको अनुभव हुन सक्छ। तपाईँको खुट्टा तान्ने व्यक्तिहरु प्रशस्तै हुनेछन्। यद्यपि परिवार तथा मित्रहरुबाट सहयोग प्राप्त गर्नुहोला। नयाँ स्थानको भ्रमण गर्ने तथा नयाँ मित्रहरु बनाउने अवसर प्राप्त होला। अध्ययन तथा प्रेम मध्ययम किसिमको रहनेछ। |